११ भदौ २०८३, बिहिबार | August 27, 2026

ब्रिटिस कलेजका नयाँ विद्यार्थीहरुलाई निःशुल्क ल्यापटप र डाटा प्याकेजको सुविधा



काठमाडौँ । अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको थापाथली स्थित द ब्रिटिश कलेज (टीबीसी) ले अहिलेको नयाँ शैक्षिक शत्रमा भर्ना हुने विद्यार्थीहरूको लागि नयाँ ल्यापटप र इन्टरनेट डाटा प्याकेज उपलब्ध गराउन सुरु गरेको छ । विद्यार्थीहरुलाई अनलाईन शिक्षाको सहज पुहँचका लागि कलेजले नयाँ ल्यापटप तथा डाटा प्याकेज उपलब्ध गराउन सुरुवात गरेको हो ।

कोरोना माहामारी शुरू भएदेखि नै विद्यार्थीहरूको स्वास्थ्यलाई गम्भीरता अपनाएको दाबी गरेको कलेजले सुरक्षित वातावरण नबने सम्म अध्यापन प्रणाली अनलाइन प्लेटफर्ममा सुचारु गरिरहेको छ ।सबै संकायको पढाई पूर्ण रूपमा नयाँ शैली र दक्ष जनशक्तिबाट दिने प्रयासमा कलेज सक्षम देखीएको कलेजले जनाएको छ ।

‘सही र उपयुक्त उपकरण र इन्टरनेटको पहुँच बिना यो महामारीका बीच सरल र सहज रुपमा अध्ययनगर्न कठिन अवस्था हो ।’ कलेजले प्रकाशन गरेको प्रेस नोटमा भनिएको छ, ‘विद्यार्थीको अध्यनमा कुनै असहजता नहोस भन्नाका लागि कलेजले भर्खरै भर्ना गरिएको स्नातक तहका विद्यार्थीहरूलाई नयाँ ल्यापटप प्रदानगर्न सुरु गरेको हो ।’

यो प्रक्रिया अन्तर्गत सुबिधा लिन भने विद्यार्थाीले वार्षिक भुक्तानी योजना छनौट गर्नुपर्ने कलेजले जनाएको छ । कलेजका अनुसार यसबाहेक, यस प्रोमोशनका लागि योग्यहुने विद्यार्थीहरूले ६ महिनाको मोबाइल डाटा प्याकेज पनिप्राप्तगर्नेछन् ।
महामारीको विषम परिस्थितिमा विद्यार्थीहरूको प्रगतिमा कुनै बाधा नआउने कलेजले विश्वास लिएको छ । हालैबाट सूरु भएको नयाँवर्ष उज्ज्वल छ भन्ने कुराको सुनिश्चित गर्न ल्यापटप र डाटा प्याकेज पनि एउटा सकारात्मक कदम भएको कलेजले जनाएको छ ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ८ : ५५ बजे

सम्पर्कविहीन पत्रकार टेकराज थामीको खोजी कार्यलाई तीव्रता दिन आग्रह

काठमाडौं । नेपाल पत्रकार महासङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका

बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न चिनियाँ प्रधानमन्त्री ली छ्याङ केरुङ पुगे

काठमाडौँ । चीनका प्रधानमन्त्री ली छ्याङ बाढीबाट प्रभावित तिब्बतको केरुङ

तिब्बत-नेपाल बाढी पछि २८८ भारतीय सम्पर्कविहीन : भारतीय विदेश मन्त्रालय

नयाँदिल्ली । तिब्बत हुदैँ नेपाल पसेको प्रलयकारी बाढीमा परी २८८

भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

काठमाडौं । रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका

भोटेकोशी बाढी : हालसम्म २ सय ८९ जनाको मृत्यु, ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बिहीबार दिउँसो १४:३०