२० मंसिर २०८२, शनिबार | December 6, 2025

गृहजिल्ला बागलुङमा विभिन्न संघसंस्थाद्वारा वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल सम्मानित



बागलुङ । नेपालउद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल बागलुङ जिल्लाका विभिन्न संघ संस्थाबाट सम्मानित भएका छन् ।

ग्रुपका विभिन्न कम्पनीहरुले आयोजना गरेका व्यवसायीक कार्यक्रमहरूलाई सम्बोधन गर्न गृह जिल्ला बागलुङ पुगेका ढकाललाई सोहि अवसरमा त्यहाँका स्थानीय संघ संस्थाले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी सम्मान गरेका हुन् ।

बागलुङ जिल्लाकै पुरानो विद्यालय विद्यामन्दिर माध्यमिक विद्यालयले एक कार्यक्रम आयोजना गरी स्वस्तीवाचनसहित ढकाललाई सम्मान गरेको छ । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष ढकालले विद्यालय समुदायसँग नजोडिँदा गुणस्तर र विद्यार्थीको शैक्षिक चरित्रमा असर परेको बताए । सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो ।

जिल्लाको गहनाका रूपमा रहेको विद्यामन्दिर माविका विद्यार्थीलाई भविष्यमा आउने हरेक चुनौतीसँग जुध्न सक्ने बनाउने र उनीहरूको शैक्षिक क्षमता बलियो बनाइदिने महान् कार्य शिक्षकहरूको हातमा रहेको धारणा ढकालले राखे । यसका लागि गुणस्तरीय शिक्षामा जोड दिँदै त्यसलाई अझ प्रभावकारी बनाउने दायित्व विद्यालयको भएको ढकालले बताए ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाललाई बैंकर्स बागलुङले सम्मान गरेको छ । कार्यक्रममा ढकालले पेशागत हकहितको पक्षमा काम गर्ने बताएका थिए । सम्मान कार्यक्रम बैंकर्स बागलुङका अध्यक्ष दीपक शर्माको अध्यक्षता, सचिव ओम प्रकाश पौडेलको सन्चालन, सदस्य सुदिप राजभण्डारीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

निजीक्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष (वेटिङ्ग प्रेसिडेन्ट) मानिर्वाचित भएपछि उपाध्यक्ष ढकाल पहिलोपटक गृह जिल्ला बागलुङ पुगेका हुन् ।

उक्तअवसरमा बागलुङ आसपासमा क्रियाशील विभिन्न संघ–संस्थाहरूले सम्मान कार्यक्रमको आयोजना गरी स्थानीय क्षेत्रको आर्थिक विकासमा देखिनेगरी लगानी गर्न आइएमई ग्रुपका अध्यक्ष समेत रहेका बरिष्ठ उपाध्यक्ष ढकाललाई स्थानीयहरूले अनुरोध गरेका थिए ।

 

 

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ५ : १८ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय