२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

संसद विघटनको मुद्दामा अदालतलाई सघाउन एमिकस क्युरी गठन



काठमाडौं । नेपाल बार र सर्वोच्च बार एसोसिएसनले प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा संवैधानिक इजलासलाई सघाउने गरी एमिकस क्युरी गठन गरेर पठाएको छ ।

नेपाल बार र सर्वोच्च बारले संसद विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासलाई सघाउनका लागि मागिएको एमिकस क्युरीको सदस्यहरु छनौट गरि पठाएको हो ।

प्रस्तुत रिटको बाँकी सुनुवाइका लागि अदालतले एमिकस क्युरी माग्ने निर्णय गरेको थियो ।

अदालतमा जारी बहसमा फैसला गर्नका लागि सघाउने गरी अदालतले माग्ने विशिष्ट कानुनका ज्ञाताहरुलाई एमिकस क्युरी अर्थात अदालतका साथीको रुपमा सहयोग लिने कानुनी अभ्यास रहँदै आएको छ ।

सर्वोच्चले संवैधानिक इजलासमा मुद्दाको पहिलो सुनुवाइ गर्दै एमिकस क्युरी माग्ने आदेश दिएको थियो । इजलासको माग बमोजिम नेपाल बार एसोसिएसनबाट ३ जना र सार्वेच्च बार एसोसिएसनबाट २ जना गरी ५ जनाको एमिकस क्युरी गठन गरिएको हो ।

नेपाल बारका अनुसार नेपाल बारबाट वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली र सर्वोच्च बारबाट वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य र गीता पाठकको नाम एमिकस क्युरीमा सिफारिस भएको छ । सिफारिसमा परेका ५ जनाले उक्त मुद्दामा अदालतलाई सघाउनेछन् ।

सर्वोच्चले संसद विघटनसम्बन्धी मुद्दामा भोलिदेखि निरन्तर सुनुवाइ हुनेगरी यसअघिनै निर्णय गरिसकेको छ ।

यसबीचमा राष्ट्रपति, प्रधानमन्त्री र सभामुखबाट अदालतले सोधेको कारण देखाउ आदेशको जवाफ दिइसकेका छन् ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ३ : ०४ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई

११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु

काठमाडौं। असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको

प्रधानमन्त्रीको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री

खजुरा क्यान्सर अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष र सदस्यहरुबाट पदभार ग्रहण

खजुरा । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, भोलि बिहान ७ बजेदेखि गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका