२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

नौलो सहकारीको ११ औं साधारणसभा सम्पन्न



बुटवल । बुटवल-७ दीपनगरस्थित नौलो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा मंगलबार बुटवलमा सम्पन्न भएको छ ।

सहकारीका अध्यक्ष माधवप्रसाद श्रेष्ठको अध्यक्षतामा साधारणसभा गरिएको हो । कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष श्रेष्ठले बुटवल-७ दिपनगरमा सहकारीको आवश्यक महसुश भएकोले नौलो सहकारी स्थापना गरिएको बताए ।

उनले सहकारीले उत्पादनमूलक क्षेत्रमा पनि लगानी गरिरहेको बताए । सहकारीले कृषि र व्यावसायलाई प्राथामिकता दिँदै लगानी बढाएको श्रेष्ठको भनाइ छ । सहकारीकमा ३६१ जना सेयर सदस्य रहेकोमा वृद्धि गरी अर्को वर्ष १ हजार सदस्य पु¥याउने सहकारीको योजना छ ।

कार्यक्रममा सहकारीका कोषाध्यक्ष हिराबहादुर केसीले कोषध्यक्षको प्रतिवेदन र शिक्षा उप समितिका संयोजक तथा सञ्चालक समितिका सदस्य विकासजग बस्नेतले शिक्षा समितिको प्रतिवेदन पेस गरेका थिए ।

कार्यक्रममा सहकारीका सल्लाहकारहरु उत्सव न्यौपाने, दीपक बस्याल, शारदा पौडेल लगायतले बोल्दै सहकारीलाई नमूना बनाउदै अगाडि बढाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताएका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष माधवप्रसाद श्रेष्ठको अध्यक्षयता उपाध्यक्ष ललिता वंशीको स्वागत तथा सचिव सुधन अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ६ : ०४ बजे

नेपाल इङल्याण्ड सी सँग २-० ले पराजित

काठमाडौं । नेपाल इङल्याण्डको सी  टिमसँग पराजित गरको छ ।

आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका