३ चैत्र २०८२, मंगलबार | March 17, 2026

नौलो सहकारीको ११ औं साधारणसभा सम्पन्न



बुटवल । बुटवल-७ दीपनगरस्थित नौलो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा मंगलबार बुटवलमा सम्पन्न भएको छ ।

सहकारीका अध्यक्ष माधवप्रसाद श्रेष्ठको अध्यक्षतामा साधारणसभा गरिएको हो । कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष श्रेष्ठले बुटवल-७ दिपनगरमा सहकारीको आवश्यक महसुश भएकोले नौलो सहकारी स्थापना गरिएको बताए ।

उनले सहकारीले उत्पादनमूलक क्षेत्रमा पनि लगानी गरिरहेको बताए । सहकारीले कृषि र व्यावसायलाई प्राथामिकता दिँदै लगानी बढाएको श्रेष्ठको भनाइ छ । सहकारीकमा ३६१ जना सेयर सदस्य रहेकोमा वृद्धि गरी अर्को वर्ष १ हजार सदस्य पु¥याउने सहकारीको योजना छ ।

कार्यक्रममा सहकारीका कोषाध्यक्ष हिराबहादुर केसीले कोषध्यक्षको प्रतिवेदन र शिक्षा उप समितिका संयोजक तथा सञ्चालक समितिका सदस्य विकासजग बस्नेतले शिक्षा समितिको प्रतिवेदन पेस गरेका थिए ।

कार्यक्रममा सहकारीका सल्लाहकारहरु उत्सव न्यौपाने, दीपक बस्याल, शारदा पौडेल लगायतले बोल्दै सहकारीलाई नमूना बनाउदै अगाडि बढाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताएका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष माधवप्रसाद श्रेष्ठको अध्यक्षयता उपाध्यक्ष ललिता वंशीको स्वागत तथा सचिव सुधन अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ६ : ०४ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड