३ पुस २०८२, बिहिबार | December 18, 2025

स्थिर सरकार र राजनीतिक स्थिरताका लागि ओली पक्ष छाडें : कर्णाली प्रदेश उद्योग मन्त्री नन्दसिंह बुढा



सुर्खेत । कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले पंदेशमा राजनीतिक स्थिरताका लागि प्रचण्ड-नेपाल पक्षलाई समर्थन गरेको बताएका छन् ।

ओली पक्ष छाडेर गत आइतबार देखि प्रचण्ड नेपाल पक्षमा लागेका मन्त्री बुढाले आज एक विज्ञप्ति जारी गर्दै राजनीतिक स्थिरताका निम्ती प्रचण्ड–नेपाल समूहमा लागेको जनाएका छन् । उनले पार्टी एकताको अन्तिम चरणमा दुर्भाग्यवश विभाजनको भयानक अवस्थामा पुगेको बताउंदै नेपाली कम्युनिस्ट आन्दोलनलाई सफल र एकीकृत बनाउन आफुले प्रचण्ड–नेपाल पक्ष रोजेको बताएका छन् ।

ओली पक्षमा रहेका सामाजिक विकासमन्त्री दल रावल र सांसद पदम रोकायाले आइतबार नै ओली पक्ष छाडेर प्रचण्ड–नेपाल समूह रोजेको घोषणा गरेको भएपनि बुढाले औपचारीक जानकारी गराएका थिएनन् ।

मन्त्री बुढा प्रचण्ड–नेपाल पक्षमा सामेल भएसँगै कर्णाली प्रदेश सरकारमा ओली पक्षको प्रतिनिधित्व शून्य भएको छ । पूर्वमाओवादी तर्फबाट मुख्यमन्त्री महेन्द्र बहादुर शाही, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी छन् । त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला सुरुदेखि नै प्रचण्ड–नेपाल पक्षमा सक्रिय थिए ।

कर्णालीमा नेकपाका ३३ प्रदेशसभा सदस्यमध्ये प्रचण्ड–नेपाल पक्षमा २२ जना छन् भने सभामुख राजबहादुर शाहीसहित ११ प्रदेशसभा सदस्य ओली पक्षमा खुलेका छन् ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ६ : २० बजे

एमाले ११ औँ महाधिवेशन : सकियो मतदान, २२ सय २७ मत खस्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय

निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको