२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

स्थिर सरकार र राजनीतिक स्थिरताका लागि ओली पक्ष छाडें : कर्णाली प्रदेश उद्योग मन्त्री नन्दसिंह बुढा



सुर्खेत । कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले पंदेशमा राजनीतिक स्थिरताका लागि प्रचण्ड-नेपाल पक्षलाई समर्थन गरेको बताएका छन् ।

ओली पक्ष छाडेर गत आइतबार देखि प्रचण्ड नेपाल पक्षमा लागेका मन्त्री बुढाले आज एक विज्ञप्ति जारी गर्दै राजनीतिक स्थिरताका निम्ती प्रचण्ड–नेपाल समूहमा लागेको जनाएका छन् । उनले पार्टी एकताको अन्तिम चरणमा दुर्भाग्यवश विभाजनको भयानक अवस्थामा पुगेको बताउंदै नेपाली कम्युनिस्ट आन्दोलनलाई सफल र एकीकृत बनाउन आफुले प्रचण्ड–नेपाल पक्ष रोजेको बताएका छन् ।

ओली पक्षमा रहेका सामाजिक विकासमन्त्री दल रावल र सांसद पदम रोकायाले आइतबार नै ओली पक्ष छाडेर प्रचण्ड–नेपाल समूह रोजेको घोषणा गरेको भएपनि बुढाले औपचारीक जानकारी गराएका थिएनन् ।

मन्त्री बुढा प्रचण्ड–नेपाल पक्षमा सामेल भएसँगै कर्णाली प्रदेश सरकारमा ओली पक्षको प्रतिनिधित्व शून्य भएको छ । पूर्वमाओवादी तर्फबाट मुख्यमन्त्री महेन्द्र बहादुर शाही, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी छन् । त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला सुरुदेखि नै प्रचण्ड–नेपाल पक्षमा सक्रिय थिए ।

कर्णालीमा नेकपाका ३३ प्रदेशसभा सदस्यमध्ये प्रचण्ड–नेपाल पक्षमा २२ जना छन् भने सभामुख राजबहादुर शाहीसहित ११ प्रदेशसभा सदस्य ओली पक्षमा खुलेका छन् ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ६ : २० बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई

११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु

काठमाडौं। असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको

प्रधानमन्त्रीको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री

खजुरा क्यान्सर अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष र सदस्यहरुबाट पदभार ग्रहण

खजुरा । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, भोलि बिहान ७ बजेदेखि गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका