११ असार २०८३, बिहिबार | June 26, 2026

कोहलपुर ओपन क्रिकेट : आयोजक केसीए, च्याम्पियन्स स्पोर्ट्स क्लब र बि एण्ड बि क्वार्टरफाइनलमा



नेपालगन्ज । शारदा एजुकेशन पार्कको आयोजनामा कोहलपुरमा ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ अन्तर्गत दोश्रो दिन सम्पन्न तिन वटा खेल सम्पन्न भएका छन्।

बि एण्ड बि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फ्युजनको मुख्य प्रायोजन रहेको प्रतियोगिता अन्तर्गत कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलहरु जित्दै च्याम्पियन्स स्पोर्ट्स क्लब, कोहलपुर क्रिकेट एकेडेमी र बिबि वारियर्स विजयी हुँदै क्वार्टरफाइनल प्रवेश गरेका छन्।

दिनको पहिलो खेलमा च्याम्पियन्स स्पोर्ट्स क्लबले रनियारपुर स्पोर्ट्स क्लबलाई ६ विकेटले पराजित गर्यो। पहिले ब्याटिंग गर्दै रनियारपुरले दिएको ११० रनको लक्ष्य च्याम्पियन्सले ४ विकेट गुमाएर १४।५ ओभरमा पुरा गर्यो।

च्याम्पियन्सको लागि रोहन केसीले सर्वाधिक ५५ रन तथा सोम शर्माले अविजित ४३ रन बनाए।

यस अघि पहिले ब्याटिंग गरेको रनियरपुरले निर्धारित १५ ओभरमा ७ विकेट गुमाएर १०९ रन बनाएको थियो। रनियारपुरको लागि इरफान खानले सर्वाधिक २९ रन, नफुस खानले २० रन बनाएका थिए। च्याम्पियन्सको बलिंगमा सकिल खान र गोभिन्द बिस्टले समान २ विकेट लिए।

खेलको प्लेयर फ द म्याच अलराउण्ड योगदान दिएका च्याम्पियन्स क्लबका सोम शर्मा चुनिए।

दिनको दोश्रो खेलमा आयोजक कोहलपुर क्रिकेट एकेडेमी (केसीए) ले ढकेरी किंग्सलाई १३९ रनले पराजित गर्यो।

कोहलपुरले पहिले ब्याटिंग गर्दै दिएको २०० रनको लक्ष्य पछ्याउने क्रममा ढकेरीले निर्धारित १५ ओभरमा ६० रन मात्र बनाउन सक्यो। ढकेरीको लागि संजय खड्काले सर्वाधिक १६ तथा भिम बहादुर खत्रीले १५ रन बनाए। कोहलपुरको बलिंगमा रोशन शाहले २ विकेट तथा सुजल केसी र लभकुश यादवले १र१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको कोहलपुरले निर्धारित १५ ओभरमा २ विकेट गुमाएर १९९ रन बनाएको थियो।

कोहलपुरको लागि शिब डाँगीले सर्वाधिक ९६ रन बनाए जुन क्रममा ३७ बलमा ११ चौका र ६ छक्का प्रहार गरे। यस्तै विनायक गिरिले अर्धशतक बनाउने क्रममा ३४ बलमा ४ चौका र ३ छक्का मद्दतले ५१ रन बनाए। सन्दिप नेपालीले २३ तथा अजय सहानीले २१ रन बनाए।

खेलको प्लेयर अफ द म्याच कोहलपुर क्रिकेट एकेडमीका शिब डाँगी चुनिए।

दिनको तेश्रो खेलमा बिबि वारियर्सले रझेना टर्मिनेटरलाई ९१ रनले पराजित गर्यो।

बिबि वारियर्सले पहिले ब्याटिंग गर्दै दिएको १७९ रनको लक्ष्य पछ्याउने क्रममा रझेना टर्मिनेटरले १४।१ ओभरमा ८७ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो।

रझेनाको ब्याटिंगमा सौगात रानाभाटले सर्वाधिक २६ तथा प्रदिप बुढाले २१ रन बनाए। बिबि वारियर्सको बलिंगमा आकाश बिस्टले ४ विकेट तथा बिशाल पौडेल र अफाक शेखले समान २ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको बिबि वारियर्सले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर १७८ रन बनाएको थियो।

वारियर्सको लागि कप्तान सिद्धान्त राज शाहीले सर्वाधिक ५५ रन बनाए जुन क्रममा ३३ बलमा २ चौका र ६ छक्का हिर्काए। सद्दाम खानले ३२, प्रनित थापाले २२ तथा हसन खानले २१ रन बनाए। रझेनाको बलिंगमा जानु कस्कर, सुमन थापा र घनश्याम रावतले समान २ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच बिबि वारियर्सका आकाश बिस्ट चुनिए।

प्रतियोगिता अन्तर्गत बुधबार पनि तिन वटा खेलहरु हुनेछन्। पहिलो खेलमा विहान ८ बजे नेपालगंज च्याम्प र युभीसीसी कोहलपुरले, दोश्रो खेलमा ११ बजे बिबिसीसी किर्तिपुर र राझा स्पोर्ट्स क्लब तथा तेश्रो खेलमा १ बजे सम्झना स्पोर्ट्स क्लब र न्यु रोड-११ ले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ९ : ०३ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा