११ भदौ २०८३, बिहिबार | August 27, 2026

बर्ड फ्लु नियन्त्रण गर्न सीमा क्वारेन्टाइनमा कडाई गरिने



काठमाडौं । सरकारले बर्डफ्लु रोकथाम तथा नियन्त्रणको लागि पूर्वतयारी थालिएको बताएको छ ।

हरेकजसो हिउँदमा नेपालमा पशुपंक्षीलाई लाग्ने बर्डफ्लु रोगको प्रकोप देखिदै आएको छ । नेपालका लागि आयातित रोग भएपनि बिगत १० वर्षदेखि किसानहरुले यसको दुःख भोग्दै आएका छन् ।

केहिदिन अगाडी छिमेकी राष्ट्र भारतको पश्चिमोत्तर क्षेत्रमा बर्डफ्लु देखिएको छ । छिमेकी मुलुकमा देखिएसँगै नेपाल सरकारले यसको पूर्वतयारी थालिसकेको छ ।

कृषि मन्त्रालयका सहसचिव एवं पशुपन्छी महाशाखाका प्रमुख डा. विमलकुमार निर्मलले सीमा क्वारेन्टाइनलाई कडा बनाउन र प्रयोगशालालाई तयारी अवस्थामा राख्न निर्देशन दिएको बताए ।

डा. निर्मलले कोभिड-१९ नेपालमा भित्रिएसँगै कृषि मन्त्रालयको बिराटनगर, जनकपुर, चितवन, धनगढी, सुर्खेतको प्रयोगशाला कोभिड परिक्षणको निम्ति प्रयोगमा दिइएको र अहिले पशुपंक्षीमा पनि रोग आउने अवस्थामा स्वास्थ्य मन्त्रालयले उक्त प्रयोगशाला क्रमशः पशुपन्छी रोगकै परिक्षणका निम्ति दिनुपर्ने जनाए ।

सरकारले बर्डफ्लु भित्रिन नदिन तथा नियन्त्रण गर्न आवश्यक तयारी गरिरहेको बताउँदै डा. निर्मलले किसानहरुलाई कुखुरा ओसारपसार गर्दा अनिवार्य रुपमा क्वारेन्टाइन प्रयोग गर्नुपर्ने, हेल्थ सर्टिफिकेट लिनुपर्ने र कहिँकतै ठुलो परिमाणमा कुखुरा मरेका छन् भने जानकारी दिन आग्रह गरे । जाडो महिनामा आउने रोग भएकाले आगामी १ महिना विशेष सजगता अपनाउन पनि उनको आग्रह छ ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ५ : ५८ बजे

तिब्बत-नेपाल बाढी पछि २८८ भारतीय सम्पर्कविहीन : भारतीय विदेश मन्त्रालय

नयाँदिल्ली । तिब्बत हुदैँ नेपाल पसेको प्रलयकारी बाढीमा परी २८८

भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

काठमाडौं । रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका

भोटेकोशी बाढी : हालसम्म २ सय ८९ जनाको मृत्यु, ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बिहीबार दिउँसो १४:३०

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

नुवाकोट । प्रधानमन्त्री वालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको