१ आश्विन २०८३, बिहिबार | September 17, 2026

निजी खर्चमा जनप्रतिनिधिले बनाइदिए पक्की घर



झापा । झापास्थित दमक नगरपालिका-३ का वडाध्यक्ष नवीन बरालसहितका जनप्रतिनिधिहरुले आफनो पारिश्रमिक तथा प्राप्त सेवा सुविधा बापतको रकमबाट वडाका एक विपन्न परिवारलाई पक्की घर बनाइदिएका छन् ।

वडा नं ३ स्थित बाघखोर चोकबाट करिब एक किलोमिटर नजिकैको टोलमा लामो समयदेखि बसोबास गर्दै आएकी ९४ वर्षीया धनमाया लामिछानेसहितको परिवारका लागि वडाध्यक्ष र वडा सदस्यहरुले तीन कोठाको पक्की घर बनाएर बुधबार हस्तान्तरण गरेका हुन् ।

वडाध्यक्ष बरालले स्थानीयवासी र वडाका अन्य जनप्रतिनिधिहरुको रोहबरमा लामिछानेको परिवारलाई घरको साँचो प्रदान गरी घर हस्तान्तरण गरे । उनले पीडित लामिछानेको परिवारमा रहेका अन्य सदस्यसमेत शारीरिकरूपमा अशक्त रहेकाले सहाराविहीन अवस्था महसुस गर्न नपरोस् भन्ने उद्देश्यले नगरपालिकाको ‘कोही एक्लो छैन’ भन्ने अभियानलाई सार्थक बनाउन आफूहरुले सो घर निर्माण गरिदिएको बताए ।

लामिछाने परिवारको आफनै स्वामित्वमा रहेको करिब १०/११ धुर जमिनमा जनप्रतिनिधिहरुको रु चार लाख १५ हजारको लागतमा घर निर्माण सामग्री जुटाएको र निर्माण व्यवसायी सुमन काफलेले रु ६५ हजारभन्दा बढी मूल्य बराबरको प्राविधिक खर्च उपलब्ध गराएपछि २० दिन लगाएर घर निर्माण सम्पन्न गरिएको वडा सदस्य सुकदेव लुइँटेलले जानकारी दिए ।

पाँचथर पुख्र्यौली घर भएका लामिछानेको परिवार करिब ४० वर्षदेखि दमकमा बसोबास गर्दै आएको हो । वृद्धाका पति भीमनारायण स–साना छोराछोरी काखमा हुँदै बितेका थिए । तीन छोरामध्ये जेठो छोरा अघनबहादुर लामो समयदेखि रोजगारीका लागि भारततिर घर छोडेर हिँडे ।

बुबाको निधनपछि दुःखमा परेको परिवारको भविष्यका लागि भनेर भारततिर पसेका उनि अहिलेसम्म घर फर्किएका छैनन् । ‘मर्यो, बाँच्यो, कहाँ, छ, छैन अहिलेसम्म खोजखबर आएको छैन । देख्ने सुन्नेहरु पनि कोही छैनन्’, विलौना गर्दै वृद्धा धनमायाले भनिन् ।

उनका अनुसार माइलो छोरा हरिकृष्णको सात वर्षअघिनै मृत्यु भयो । कान्छो छोरा अभिचन्द्र पनि शारीरिक अशक्तताले अहिले आफन्तको शरणमा छन् । माइली बुहारी इन्दिरा र शारीरिक रूपमा अशक्त एक छोरीका साथमा छिन् । अरु तीन सबल छोरीहरु भने घरजममा छन् ।

सरकारले दिने सामाजिक सुरक्षा भत्ताको माध्यमबाट नै छ जनाको परिवारको गुजारा चलाउनु पर्ने बाध्यता रहेको पीडित परिवारको दुःखेसो छ । कुनै आयस्रोत नभएका लामिछानेको परिवारको विपन्नता देखेर नै जनप्रतिनिधिहरुले स्वेच्छिकरूपमा गरेका कार्य अत्यन्तै प्रंशसनीय भएको नगर प्रमुख रोमनाथ ओलीले बताए । रासस

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  ८ : ०३ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा