२३ बैशाख २०८१, आइतबार | May 5, 2024

पत्रकार खनालले गरे पुरस्कारको रकम मानवसेवामा खर्च



बुटवल । रुपन्देहीको बुटवलमा क्रियाशिल पत्रकार कृष्ण खनालले आफुले प्राप्त गरेको पुरस्कार बापतको रकम बुटवल स्थित मानव सेवा आश्रमलाई प्रदान गरेका छन् । पत्रकार खनालले रुपन्देही उद्योग संघले प्रदान गरेको ‘उत्कृष्ठ आर्थिक पत्रकारिता पुरस्कार’ बाट प्राप्त गरेको ३५ हजार ५ सय ५५ रुपैयाँ मध्ये १० हजार ५ सय रकम मानव सेवा आश्रम बुटवललाई प्रदान गरेका हुन् ।

मंगलबार आश्रममा आयोजित एक कार्यक्रममा पत्रकार खनालले आश्रममा अभिभाव लोकराज भुषाल, नन्दीकिशोर ढकाल, कृष्ण पंगेनी सहित मानव सेवा आश्रम रुपन्देही प्रमुख सरु अधिकारीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका १ ढाकावाङ्ग जन्मस्थान भई हाल रुपन्देहीको सैनामैना निवासी खनाल विगत १० बर्ष देखि रुपन्देहीमा पत्रकारिता गरिरहेका छन् ।

सबै विटमा समाचार संप्रषण गरिरहेका खनाल कृषि विटमा विशेष दखल राख्छन् । उनी कृषि पत्रकार समाज लुम्बिनीका संयोजक समेत हुन् ।

कार्यक्रममा बोल्दै पत्रकार खनालले पुरस्कार अन्य रकम अन्य आश्रमहरुलाई समेत प्रदान गरिने प्रतिवद्धता जाहेर गरे ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  ४ : २० बजे

जनता समाजवादी पार्टी फुट्यो

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन

काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

सेयर बजारमा २४.५८ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको

जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं । आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले