७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

ग्लोबल आइएमई बैंक र हेफर इन्टरनेशनलबीच सहुलियतपूर्ण कृषि कर्जा सम्बन्धि सम्झौता



काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपालबीच कृषि अनुदान कर्जामा साना किसानको पहुच बढाउने उद्धेश्य पुरा गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले हस्ताक्षर गरेका छन् ।

समझदारी पत्र अनुसार ग्लोबल आइएमई बैंकले गुल्मी जिल्लाका विभिन्न ठाउँहरुमा बाख्रापालन, डेरी, तरकारी खेति, कुखुरापालन, बङ्गुरपालन, माछापालन तथा फलफूलहरुको उत्पादन गर्ने कृषकहरुलाई स्थानीय सहकारीको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने छ भने हेफर इन्टरनेशनलले सहकारीको सिफारिसमा साना किसानहरुलाई आवश्यक तालिमको व्यवस्था गर्नेछ ।

यो समझदारीले गुल्मी जिल्लाका महिला, सिमान्तकृत तथा पूजीँ अभावका कारण पछाडि परेका स्थानीय कृषि उद्यमीहरुको जिवनस्तर उकास्न उल्लेख्य योगदान पु¥याउने छ । यससँगै बैंकले बैंकिङ्ग साक्षरता तथा सूचना प्रविधिको प्रयोग गर्न स्थानीय कृषकहरुलाई प्रोत्साहन गर्नेछ ।

मुलुकभर तथा मुलुक बाहिर शाखा सञ्जाल रहेको ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले ७ वटै प्रदेश तथा ७३ जिल्लामा बैंकको २६४ शाखा सहित ८०० सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ । त्यसैगरी बैंकले १७ भन्दा धेरै मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

साथै, हेफर इन्टरनेशनलले हालसम्म ४१ जिल्लामा २५४,००० भन्दा बढी गरिब, पिछडिएका परिवारलाई सहयोग गर्दै साना किसानको दिगो जिविकोपार्जन विकासको लागि कार्यक्रम गर्दै आएको छ । ग्लोबल आइएमई बैंकले आफ्नो पहुँच तथा सेवा केन्द्रको उपभोग गर्दै हेफर नेपालले पहिचान गरेका सामाजिक महिला उद्यमी सहकारी तथा सोसँग सम्बद्ध महिला उद्यमीहरुलाई बैंकसँग जोड्दै सेवा प्रदान गर्नेछ ।

यस समझदारी सँगै दुवै संस्थाले कृषि उद्यममा संलग्न ग्रामिण भेगका किसानलाई वित्तीय पहुँच सुधार गर्नका लागि संयुक्त प्रयास गर्ने छन् र त्यस्ता किसानहरुको व्यवसाय बिस्तार गर्न सक्षम बनाउने छन् ।

 

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  ५ : ५६ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल