१५ असार २०८३, सोमबार | June 29, 2026

पूर्वप्रधानन्यायाधीसहरुलाई प्रधानमन्त्री ओलीको चेतावनी, – सडकमा बसेर न्यायालयलाई नधम्काउनुस्



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयलाई धम्क्याउन खोजेको भन्दै चार जना पूर्वप्रधानन्यायाधीसहरुप्रति आक्रोश पोखेका छन् ।

राष्ट्रिय युवा संघको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले न्यायालयलाई धम्क्याउने र अनुचित ढंगले प्रभावित पार्न खोज्ने प्रवृतिलाई स्वीकार गर्न नसकिने बताए ।

चारजना पूर्वप्रधानन्यायाधीसहरु मिनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले संविधान विपरित प्रतिनिधिसभा भंग गरेको जिकिर गरेका थिए ।

त्यसको भोलिपल्टै प्रधानमन्त्री ओलीले सडकबाट सर्वोच्च अदालतलाई प्रधावित पार्ने कामलाई स्वीकार गर्न नसकिने चेतावनी दिएका हुन् ।

भेलालाई सम्बोधन गर्दै ओलीले भने ‘म भन्न चाहान्छु, सर्बोच्च अदालतको सर्बोच्च ठाउँमा बसिसकेका मान्छेले गलत ढंगले प्रभावित पार्ने, अदालतलाई धम्क्याउने खालका क्रियाकलाप गर्न सुहाउदैन । सडकबाट फैसला दिनुहुन्छ कि संवैधानिक इजलासबाट ?

ओलीले पूर्वप्रधानन्यायाधीसहरुलाई पोहोर परार एक पटक अदालतमा जागिर खाएको भरमा अहिले जथाभावी बोल्न थालेको भन्दै त्यसले नराम्रो गर्ने चेतावनी दिए ।

ओलीले स्वतन्त्र न्यायालयलाई कदर गर्न नजान्नेहरुले संविधानका कुरा गर्न नसुहाउने जिकिर गरे । उनले आक्रोश पोख्दै भने, ‘तपाईंहरु सडकबाट फैसला दिनुहुन्छ कि संवैधानिक इजलासबाट ?’

ओलीले प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा वकिलहरुले संवैधानिक इजलासको सट्टा वृहत इजलासको माग गरेकोप्रति पनि आक्रोश व्यक्त गरे । त्यसरी माग गर्नेहरुलाई उनले अति जान्ने सुन्ने ‘अजासु’ भएको आरोप लगाए ।

ओलीले भने, ‘केही अजासु निस्केर संवैधानिक इजलसाले हुँदैन भन्दैछन, कुन संविधानले भन्यो रु उनीहरुले जे भन्यो त्यहि फैसला हुनुपर्ने रु उनीहरुले जुन इजलास माग्यो त्यहि हुने हो भने किन चाहियो अदालत ?’

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा कुनै हालतमा पुनर्स्थापना नहुने दाबी गरे । उनले बैशाख १७ र २७ मा हुने चुनावमा केन्द्रित हुन युवालाई निर्देशन दिए ।

 

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ५ : ५९ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै