१ पुस २०८२, मंगलबार | December 16, 2025

पूर्वप्रधानन्यायाधीसहरुलाई प्रधानमन्त्री ओलीको चेतावनी, – सडकमा बसेर न्यायालयलाई नधम्काउनुस्



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयलाई धम्क्याउन खोजेको भन्दै चार जना पूर्वप्रधानन्यायाधीसहरुप्रति आक्रोश पोखेका छन् ।

राष्ट्रिय युवा संघको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले न्यायालयलाई धम्क्याउने र अनुचित ढंगले प्रभावित पार्न खोज्ने प्रवृतिलाई स्वीकार गर्न नसकिने बताए ।

चारजना पूर्वप्रधानन्यायाधीसहरु मिनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले संविधान विपरित प्रतिनिधिसभा भंग गरेको जिकिर गरेका थिए ।

त्यसको भोलिपल्टै प्रधानमन्त्री ओलीले सडकबाट सर्वोच्च अदालतलाई प्रधावित पार्ने कामलाई स्वीकार गर्न नसकिने चेतावनी दिएका हुन् ।

भेलालाई सम्बोधन गर्दै ओलीले भने ‘म भन्न चाहान्छु, सर्बोच्च अदालतको सर्बोच्च ठाउँमा बसिसकेका मान्छेले गलत ढंगले प्रभावित पार्ने, अदालतलाई धम्क्याउने खालका क्रियाकलाप गर्न सुहाउदैन । सडकबाट फैसला दिनुहुन्छ कि संवैधानिक इजलासबाट ?

ओलीले पूर्वप्रधानन्यायाधीसहरुलाई पोहोर परार एक पटक अदालतमा जागिर खाएको भरमा अहिले जथाभावी बोल्न थालेको भन्दै त्यसले नराम्रो गर्ने चेतावनी दिए ।

ओलीले स्वतन्त्र न्यायालयलाई कदर गर्न नजान्नेहरुले संविधानका कुरा गर्न नसुहाउने जिकिर गरे । उनले आक्रोश पोख्दै भने, ‘तपाईंहरु सडकबाट फैसला दिनुहुन्छ कि संवैधानिक इजलासबाट ?’

ओलीले प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा वकिलहरुले संवैधानिक इजलासको सट्टा वृहत इजलासको माग गरेकोप्रति पनि आक्रोश व्यक्त गरे । त्यसरी माग गर्नेहरुलाई उनले अति जान्ने सुन्ने ‘अजासु’ भएको आरोप लगाए ।

ओलीले भने, ‘केही अजासु निस्केर संवैधानिक इजलसाले हुँदैन भन्दैछन, कुन संविधानले भन्यो रु उनीहरुले जे भन्यो त्यहि फैसला हुनुपर्ने रु उनीहरुले जुन इजलास माग्यो त्यहि हुने हो भने किन चाहियो अदालत ?’

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा कुनै हालतमा पुनर्स्थापना नहुने दाबी गरे । उनले बैशाख १७ र २७ मा हुने चुनावमा केन्द्रित हुन युवालाई निर्देशन दिए ।

 

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ५ : ५९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज