२९ मंसिर २०८२, सोमबार | December 16, 2025

प्रहरी र गाँजा तस्करबीच गोली हानाहान, भरुवा बन्दुकसहित १ पक्राउ



बारा । बारामा गाँजा तस्करको समूह र प्रहरीबीच गोली हानाहान भएको छ ।

शनिबार राति निजगढ नगरपालिका-१३ स्थित भक्तलाल खोलाको बगरमा इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको संयुक्त प्रहरी र तस्करहरुको समूहबीच गोली हानाहान भएको हो ।

सो क्रममा प्रहरीले एक जनालाई बन्दुकसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ बस्ने ४७ वर्षीय ईमान सिंह तामाङ रहेका छन् । उनीहरुको साथबाट १०२ किलो गाँजा र १ थान भरुवा बन्दुक पनि बरामद भएको छ ।

फरार अन्यको खोजी भैरहेको र पक्राउ परेका ईमानलाई हातहतियार खरखजाना र लागु औषधसम्बन्धि मुद्धा चलाउने तयारी भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  १२ : ५० बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको