१ पुस २०८२, मंगलबार | December 16, 2025

विभिन्न कार्यक्रम गरी राष्ट्रिय एकता दिवस मनाइयो



काठमाडौं । सोमबार २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

बि.सं. १७७९ पौष २७ गते गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा जन्मिएका पृथ्वीनारायण शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका विभिन्न राज्यहरुलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए ।

पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै सोमबार काठमाडौं लगायत देशका विभिन्न शहरमा उनको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी मनाईएको छ ।

पृथ्वीनारायण शाह हरेक नेपालीको अस्तित्वसँग जोडिएको र राष्ट्रिय एकताको प्रतिकको रुपमा रहेकोले सबै नेपालीले सम्झनुपर्ने नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बताए ।

सरकारले यस दिनलाई औपचारिक रुपमा राष्ट्रिय एकता दिवसको रुपमा मनाउन छाडेपनि जनस्तरबाट भने यस दिनलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाइदै आएको छ ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  १२ : २० बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज