८ बैशाख २०८१, शनिबार | April 20, 2024

आगामी ५० वर्षको जनसंख्यालाई पुग्ने गरी बुटवलमा खानेपानी गुरुयोजना बन्दै



बुटवल । बुटवलमा खानेपानी समस्या नौलो होइन । यद्यपी हालसम्म भएका प्रयासले यहाँको तीव्र जनघनत्व रहेको सहरलाई खानेपानीको प्रयाप्तता पु-याउन सकिएको छैन । सुख्खायाममा त मागभन्दा झण्डै आधा कम मात्रै खानेपानी आपुर्ती गर्नुपर्ने अवस्था छ ।

पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र हो बुटवल । बुटवल साविक लुम्बिनी अञ्चल सदरमुकाम हुँदै मुलुक संघीयतामा गएपछि लुम्बिनी प्रदेशको अस्थायी राजधानी पनि भयो । विकास र केन्द्रीय राजधानीमा महत्पूर्ण हिस्सा राख्ने बुटवलले झलिरहेको खानेपानी अभावको समस्यालाई भने अब दीर्घकालीन रुपमा समाधान गर्ने प्रयास सुरु भएको छ ।

बुटवल उपमहानगरपालिकाले यहाँको खानेपानी संस्थानसँगको सहकार्यमा खानेपानीको गुरुयोजना बनाइरहेको छ । पूर्वाधार विकास र अन्तबाट बसाइँसराइँ गरे आउने प्रमुख थलोका रुपमा रहेको बुटवललाई अबको पाँच दशकसम्मको जनसंख्यालाई ख्याल गर्दै खानेपानीको गुरुयोजना बनाउन लागिएको बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिएका छन् ।

गुरुयोजनालाई बुटवल खानेपानी आयोजनामार्फत कार्यान्वयन गर्नेगरि तीनै तहका सरकारको बीचमा सहकार्य भइरहेको प्रमुख सुवेदीको भनाइ छ । सुवेदीले संघीय सरकारका अर्थमन्त्री तथा नेकपाका महासचिव विष्णुप्रसाद पौडेलको संकल्प अनुरुप नै तीनै तहले बुटवलको खानेपानीलाई पहिलो प्राथमिकतामा राखेको बताए ।

बुटवलको हरियाली प्रतिशत मुलुकका कुनै पनि नगरपालिकाको भन्दा धेरै छ । तर, विडम्बना यहाँको पानीको प्राकृत्तिक स्रोत भने एकदमै न्यून छ । हरियालीमा झण्डै ५५ प्रतिशत रहेको बुटवलमा पानीको स्रोत भने लगभग शून्यको अवस्थामा छ । यसलाई सुधार गर्न बुटवल उपमहानगरले मुलुकमै पहिलोपटक एक वन बहुपोखरी कार्यक्रम ल्यायो । चुरेमा रहेका वनहरुमा बुटवलले पोखरी निर्माण ग¥यो । जसलाई पछि लुम्बिनी प्रदेश सरकारले पनि कार्यक्रममा समावेश गरेर प्रदेशभरी विस्तार गरेको छ । वनमा पोखरी निर्माण भएपछि त्यसले पानीको रिचार्ज गर्ने र प्राकृत्तिक मुललाई सुख्न नदिने हुँदा यो वातावरणीय हिसाबले ज्यादै नै उपयोगी हुने विज्ञहरुको भनाइ छ ।

बुटवललगायका क्षेत्रको वातावरण, पानीका प्राकृत्तिक स्रोतको गहिरो अध्ययन गर्दै आएका इन्जिनियर डाक्टर खेटराज दाहालले बुटवलबाट सुरु भएको एक वन बहुपोखरी कार्यक्रम वातावरणीय हिसाबले मुलुककै नमुना रहेको दाबी गरे ।

बुटवलमा रहेका झण्डै २१ वटा सामुदायिक वनमा पोखरी निर्माण गरिने छ ।

बुटवलसहित तराईका अधिकांश क्षेत्रको जमिन मुनीको पानी भासिने, मासिने, नासिने क्रम पहिलेदेखि नै चल्दै आयो त्यसैले पहिलो प्राथमिकता भनेकै पानीका प्राकृत्तिक स्रोतको संरक्षण गर्नुलाई लिएर सोही अनुरुपका काम अगाडि बढाइएको उपमहानगरको भनाइ छ । अहिले बुटवलका लागि पानीका स्रोत भनेको पाल्पाका सिस्नेखोला र झुम्साखोला हुन् । प्राकृत्तिक हिसाबले माथिल्लो तटको प्राकृत्तिक सम्पदामा तल्लो तटसम्मैका उपभोक्ताको हक हुन्छ । त्यहीँको खानेपानीलाई व्यवस्थित पाइपलाइनमार्फत बुटवलमा ल्याउने र बुटवलमा ट्रिटमेन्ट (शुद्धिकरण) गरेर वितरण गरिने छ ।

बुटवलका १९ वटै वडालाई एउटै सञ्जालमा जोड्ने र समुदायस्तरबाट सञ्चालित आयोजनालाई अझ संरक्षण गर्दै व्यवस्थित बनाउने बुटवल उपमहानगरको योजना छ । तयार भइरहेको गुरुयोजनामा १९ वडाका सबै बस्ती र आउँदो ५० वर्षपछिको जनशंख्याको चाँपको अनुमान गर्दै विज्ञहरुले काम गरिरहेको उपमहानगरका प्रमुख सुवेदीले बताए ।

वर्षौंदेखिको अधुरो सपना साकार पार्ने संकल्प
२०५२ मा बुटवलमा खानेपानी ल्याउने झुम्सा खोलाको मुहानैनेर ‘इन्टेक’ निर्माणदेखि पाइप बिच्छाउने काम सुरु भएको थियो । तर, सरकार परिवर्तन र विभिन्न उतारचढावसँगै प्रभावकारी रूपमा काम हुन सकेको थिएन । त्यसैबेला सोही पानीको उपयोग गर्ने गरी गौतमबुद्ध लघु ‘हाइड्रो प्रोजेक्ट’ योजना आएपछि खानेपानी योजना छायामा प¥यो । भने, हाइड्रो प्रोजेक्टले पानी उपयोग गर्ने भएपछि उक्त खोलाको पानी बुटवल ल्याउन योजना सेलाउँदै गयो । न त पानी आयो न उक्त प्रोजेक्ट बन्यो । यही घटनाबाट पाठ सिकेरै बुटवलका लागि खानेपानीको गुरुयोजना नै बनाउन जुटिएको प्रमुख सुवेदीले बताए । बुटवलमा ल्याउने खानेपानीका लागि हालै संघीय सरकारका अर्थमन्त्री तथा नेकपा महासचिव पौडेलले महत्वपूर्ण आयोजनाको शिलान्यास समेत गरिसकेका छन् ।

झुम्सा खोलामा व्यवस्थित ड्याम/इन्टेक
झुम्सा खोलामा यसअघि निर्माण भएको बाँध भत्किएपछि अहिले अर्को व्यवस्थित ड्याम र इन्ट्याक्ट निर्माण सुरु भएको छ । यो बुटवलको खानेपानी गुरुयोजनाकै एउटा नयाँ कामको सुरुवाती हो । नेपाल खानेपानी संस्था बुटवलका प्रमुख मोहनदत्त भट्टका अनुसार बुटवलको खानेपानीको अभावलाई दीर्घकालीन रुपमा समाधान गर्नेगरी योजना बनिरहेको छ ।

उनले झुम्सा खोलाबाट दुई वर्षभित्र मेनलाइनको पाइप बिच्छाउने र मुहान डयाम निर्माण सम्पन्न गरेर ट्याङ्की निर्माण गरिने बताए । त्यसपछि सर्भिस लाइनका पाइप बिछ्याउने र विस्तारै बुटवलका सबै वडामा पुराइने छ । त्यहाँदेखि झुम्सा हुँदै बुटवलको रामफेदीसम्म यसअघि बिछ्याइएका पाइपलाई पनि मर्मत गरिने भएको छ ।
यसअघि बिछ्याइएका १० इन्च पाइपसँगै अब २० इन्चका पाइप थपिने छ भने झुम्सादेखि बाँध स्थलसम्म यसअघिका २० इन्चका पाइपसँगै अब थप २० इन्चका पाइप बिछ्याइने छ । बाँधसँगै मुख्य ‘ट्रान्समिसन पाइप’ लाइनको पनि निर्माण सम्झौता भएर काम गरिने खानेपानी संस्थानका प्रमुख भट्ट बताउँछन् । यो कामलाई पनि ०७९ वैशाखभित्रै सक्ने लक्ष्य लिइएको छ ।

खानेपानीको माग दिनहुँ बढ्दै
अहिले बुटवलमा तीन करोड ४० लाख लिटर खानेपानीको माग रहेको छ । तर, आपूर्ति भने दुईदेखि ढाइ करोड लिटरसम्म हुने गरेको छ । बुटवलमा अहिले तिनाउँ सम्पेवलबाट दैनिक १ करोड लिटर चिडियाखोला डिप ट्युबबेलबाट १ करोड ८० लाख लिटर, २० ठाउँबाट भूमिगत १ करोड ८० लाख लिटर गरी दैनिक २ करोड ८० लाख लिटर पानी वितरण हुँदै आएको छ । हाल पनि दैनिक करिब ६० लाख लिटर पानी अपूग छ । तिनाउबाट दैनिक ७० लाख लिटर र ११ वटा ट्युबबेल (बोरिङ्ग) बाट ८० लाख लिटर गरी खानेपानी आपूर्ति गरिएको संस्थानले जनाएको छ । बुटवलको जनसंख्या दुई लाखभन्दा बढी छ । बसाइसराइ र आर्थिक केन्द्र बुटवलमा दिनप्रतिदिन मानिसहरु थपिन क्रम जारी छ ।

बुटवलमा जनसंख्या वृद्धिसँगै वर्षेनी ६ सयदेखि ७ सयसम्म नयाँ धारा वितरण हुने गरेका छन् । बुटवलमा अहिले खानेपानी २० वटा ट्युबेलहरु सञ्चालनमा ल्याइएका छन् । ट्युबेलबाट करिब एक करोड ८० लाख लिटर पानी उत्पादन हुने हुँदै आएको छ । हाल बुटवलमा नगरमा दैनिक पानीको माग तीन करोड ४० लाम लिटर छ ।

झुम्साखोला पानी आएपछि बुटवलमा आगामी २० वर्षसम्म पानीको माग पूरा गर्नेछ ।
यसका साथै अरु स्रोतको खोजी र संरक्षण गरेर आगामी ५० वर्षपछिसम्मको जनशंख्यालाई मध्यनजर गर्दै खानेपानीको गुरुयोजना बनाउने काम भइरहेको बुटवलका शहरी विकास महाशाखा प्रमुख तथा वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठको भनाइ छ ।

घना बस्ती भएका ७ र ८ नं.वडामा नयाँ आयोजना सुरु
बुटवलको सबैभन्दा बढी खानेपानीको समस्या वडा नम्बर ७ र ८ मा छ । यी दुईवटा वडाको समस्यालाई पहिले समाधान गर्ने लक्ष्य अनुरुप अहिले नयाँ काम सुरु भएको छ । धागो कारखाना अगाडिपट्टीको धर्मकाँटा नजिकै गाडिएको बोरिङदेखि दिपनगरसम्म डीआइ पाइप लाइन मार्फत खानेपानी ल्याइने छ ।

नेपाल खानेपानी संस्थान र बुटवल उपमहानगरको सहकार्यमा दुई करोड २१ लाख ५२ हजार ३७ रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजनाको हालै एक समारोहका बीच बुवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले शिलान्यास गरेका छन् । दुई वडालाई लक्षित गरी सञ्चालन हुन लागेको यो आयोजना आगामी बैशाख दोस्रो सातासम्मका सक्ने लक्ष्य रहेको खानेपानी संस्थान बुटवलका प्रमुख मोहनदत्त भट्टले बताए । श्रीजीएमआरएम कन्स्ट्रक्सन बुटवल–७, रुपन्देहीले उक्त आयोजनाको काम गर्ने जिम्मेवारी पाएको छ ।

आयोजना शिलान्यास समारोहमा बुटवल उपमहानगरका उपप्रमुख गुमादेवी आचार्य, नेपाली कांग्रेसका महासमिति सदस्य युवराज गिरी, वडा नं. ७ का अध्यक्ष कमलप्रताप थापा, वडा नं.८ का अध्यक्ष भीम बहादुर श्रेष्ठ, खानेपानी संस्थानका मोहन भट्टराई लगायतले आयोजनालाई तोकिएको समयमै सक्न आफुहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ४ : १९ बजे

एसीसी प्रिमियर कपमा तेस्रो स्थानको लागि आज नेपाल र हङकङ खेल्दै

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेल आज हुदैँछ

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुँदै

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि

आजको मौसम : देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै

काठमाडौं । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ