८ बैशाख २०८१, शनिबार | April 20, 2024

कोरोनाका कारण जापानमा लगाइएको संकटकालको क्षेत्र बढाइने



टोकियो । जापान सरकारले हालैका दिनमा राजधानी टोकियोमा कोभिडका कारणले लगाएको संकटकालको अवस्थालाई थप विस्तार गर्ने भएको छ ।

जापानी प्रधानमन्त्री योशिहिदे सुगाले सो संकटकालको क्षेत्र बढाउने विषयमा तयारी थालेको पनि यहाँका अधिकारीहरुले जानकारी गराएका छन् ।

हाल जापान सरकारले यस्तो प्रकारको संकटकाल जापानको राजधानी टोकियोमा लगाउँदै आएको छ । तर सो क्षेत्रलाई अझ विस्तार गरिने तयारी जापानका प्रधानमन्त्री सुगाले गरेको राजधानी टोकियोबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

टोकियोबाट प्राप्त भएको समाचारमा सो संकटकाल जापानको राजधानी टोकियो बाहेकका क्षेत्रहरु जस्तो ओसाका, क्योटो र ह्योगोसम्म पनि विस्तार गर्न सकिने भएको हो ।

जापान सरकारले गएको शुक्रबारदेखि राजधानी टोकियोमा यो संकटकाल लगाएको थियो । तर सो संकटकालीन क्षेत्रलाई थप विस्तार गरेर अरु क्षेत्रमा पनि पुर्‍याइने भएको हो ।

ती क्षेत्रहरुमा आफूले संकटकालीन अवस्थालाई बढाउने विषयमा तयारी गरिरहेको जानकारी प्रधानमन्त्री सुगाले आफ्नो दल लिबरल डेमोक्रेटिक पार्टी, एलडिपीलाई पनि गराएको समाचारमा जनाइएको छ ।

जापान सरकारले राजधानी टोकियोसहितका यसको वरपर रहेका अरु तीन ओटा प्रिफेक्चरहरु चिबा, कानागावा र साइतामामा पनि संकटकालको घोषणा गरेको थियो । यसपछि जापानको सरकारले यहाँका अरु प्रिफेक्चरमा पनि यो संकटकालीन अवस्था बढाउने तयारी थालेको समाचार यसअघि नै अएको थियो ।

खासगरी सुरू सुरूमा जापानको राजधानी टोकियोमा मात्र देखिएको कोरोना भाइरसको संक्रमण यस बाहेकका बाहिरका क्षेत्रमा पनि देखिन थालेपछि पछिल्ला दिनहरुमा आएर जापानले यस्तो नीति लिएको हो ।

अहिले जापानका प्रायः पश्चिमी प्रिफेक्चरहरुमा यसको प्रकोप बढ्दै गएको छ । जसका कारण जापान सरकारले ती क्षेत्रमा आवश्यक सहायताका प्याकेजहरुको समेत घोषणा गरी संकटकालको घोषणा गरेको हो ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ७ : ०६ बजे

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको