६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

खोप किन्न आर्थिक सहयोग माग्ने सरकार निर्वाचन गराउने पैसा कहाँबाट ल्याउला ?



काठमाडौं । आफ्नै पार्टी मिलाउन नसकेर प्रतिनिधिसभा विघटन गर्दै अरबौं खर्च लाग्ने निर्वाचन गराउन तयार भएको ओली सरकार नागरिकलाई निशुल्क कोरोना भाइरस विरुद्धको खोप लगाउन भने सार्वजानिकरुपमा हात फैलाएर पैसा माग्न थालेको छ । सरकारले कोरोना भाइरसको खोप खरिद गर्न रकम आवश्यक परेको भन्दै सार्वजानिकरुपमा नै आर्थिक सहयोग गर्न आह्वान गरेको छ।

हथातमा संसद विघटन गर्दै बेला न कुबेला निर्वाचनमा जान पैसा हुने सरकारको ढुकुटीमा जनतालाई कोरोना भाइरस विरुद्धको खोप किन्न भने पैसा नभएको लाचारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी मुखपत्र गोरखापत्रमा सूचना निकालेर नै स्विकार गरेको छ । मन्त्रालयले प्रकाशन गरेको सुचनामा खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत् लक्षित समूहहरूलाई निस्शुल्क खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक परेको उल्लेख गरेको छ ।

‘खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक भएकोले दातृ निकाय, विदेशी, विभिन्न व्यवसायीक एवं सामाजिक र परोपकारी संस्थालगायतलाई खातामा रकम जम्मा गरी योगदान गर्न नेपाल सरकार हार्दिक आह्वान गर्दछ,’ सूचनामा भनिएको छ।

दातृ निकाय र दानकर्ता संघ संस्थाहरुलाई फकाउन मन्त्रालयको सुचनामा कोरोना खोप कोषमा योगदान गर्ने दाताहरूसँग सहकार्य र समन्वय गर्दै जम्मा हुने रकमको परिचालन र खर्चको समीक्षासमेत गरिने मन्त्रालयले जनाएको छ।

पैसा कोष तथा लेखा नियन्त्रकको कार्यालय त्रिपुरेश्वरको नाममा राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १७००१००१०२०६०००० मा पैसा जम्मा गर्न सकिने मन्त्रालयको भनाइ छ।

आकस्मिक प्रयोगका लागि स्वीकृति प्राप्त भएको खोप खरिद गरी निस्शुल्क वितरण गर्न रकमको आवश्यकता परेको भन्दै मन्त्रालयले गत कात्तिक २४ गते आर्थिक संकलन गर्ने निर्णय गरेको थियो ।

आफ्ना नागरिकलाई महामारीमा खोप किन्न आर्थिक सहयोग माग्ने सरकार निर्वाचनको लागि पैसा माग्न कहाँ जाला ? नागरिक अगुवाहरुले प्रश्न गरेका छन् ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  १२ : ११ बजे

वर्षाले काठमाडौंमा अत्याधिक ट्राफिक जाम

काठमाडौं । काठमाडौंमा हुरीबताससहितको वर्षा जारी रहँदा सहरका विभिन्न सडकखण्डमा

होर्मुज जलमार्गबाट इरानी सुरक्षाकर्मीले पक्राउ गरेका नेपाली अमृत झा रहेको पुष्टि

काठमाडौं । इरानको सुरक्षा निकायले होर्मुज जलडमरु क्षेत्रमा पक्राउ गरेको

काठमाडौंमा हुरीबतासहितको वर्षा जारी, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । काठमाडौंमा केही समयदेखि हुरीबतासहितको वर्षा जारी रहेको छ

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

सिरहा । सिरहा जिल्ला अदालत अगाडि रहेको बार एसोसिएसनको कार्यालयमा

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न निर्वाचनलाई सफल