३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्चमा सुनुवाइ, मुद्दा बृहत् पूर्ण इजलासमा लैजान सरकारी पक्ष असहमत



काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाइ सुरु भएको छ। सुनुवाइमा आज पनि रिट निबेदकहरुले बृहत् पूर्ण इजलासको माग गरेका छन् ।

आजको सुनुवाइमा नेकपा प्रचण्ड(नेपाल पक्षका नेता देव गुरुङ पनि पूर्ण बृहत इजलासको माग गर्दै सर्वोच्च पुगेका छन् । यसअघिको सुनुवाईमा रिट निवेदक वकिलहरु मात्र सहभागी हुँदै आएका थिए। तर, सरकारी पक्षले भने मुद्दालाई बृहत् इजलासमा लैजान असहमत देखिएको छ । महान्यायाधीवक्ता अग्नि खरेलले मुद्दा संवैधानिक इजलासबाटै टुंगो लगाउनुपर्ने जिकिर गरेका छन् ।

संवैधानिक इजलासमा जारी सुनुवाइका क्रममा प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले सरकारी पक्षलाई बृहत् पूर्ण इजलास गठनबारे धारणा के हो भनेर सोध्दा महान्यायाधिक्ता खरेलले सहमति नभएको जवाफ दिएका थिए ।

अहिले संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धका निवेदन यही इजलासमै सुनुवाइ गर्ने कि बृहत् इजलासमा लैजाने भन्नेबारेमा बहस भैरहेको छ ।

संवैधानिक इजलासले रिट निवेदकहरुलाई बृहत् इजलासमा लैजानुपर्ने पक्षमा बहस गर्न १ घण्टाको समय दिएको छ ।

यसअघि बुधबार बिहान सर्वोच्चले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा इजलास गठन गरेको थियो । जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेको इजलास गठन गरेको छ।

मल्लबाहेक बाँकी सबै न्यायाधीश यसअघिको इजलासमा पनि सहभागी थिए । मल्ललाई न्यायाधीश हरिकृष्ण कार्कीको स्थानमा बुधबार इजलासमा लगिएको हो।

यसअघि गत बुधबारको सुनुवाइमा कानुन व्यवसायीहरूले न्यायाधीस हरिकृष्ण कार्कीमाथि नैतिक प्रश्न उठाएपछि उनले बाध्य भएर प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइमा नबस्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  १२ : ४८ बजे

मन्त्रिपरिषद् हेरफेर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषदमा हेरफेर गरेका छन्।

बुटवलको कालिकानगरमा ‘डाउन टाउन चाइना’ रेष्टुरेन्ट सञ्चालन

बुटवल । पछिल्लो समय सामान्य चिया पसलदेखि स्तरीय होटल, रेष्टुरेन्ट,

कपिलवस्तुमा करेन्ट लागेर एक प्राविधिकको मृत्यु

कपिलवस्तु । यहाँको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने

त्रिविको उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका

‘पार्टी सदस्यका समस्या समाधान गर्न क्रियाशील सदस्यता अद्यावधिक गरिने’

पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको तल्लो तहमा