६ बैशाख २०८१, बिहिबार | April 18, 2024

प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्चमा सुनुवाइ, मुद्दा बृहत् पूर्ण इजलासमा लैजान सरकारी पक्ष असहमत



काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाइ सुरु भएको छ। सुनुवाइमा आज पनि रिट निबेदकहरुले बृहत् पूर्ण इजलासको माग गरेका छन् ।

आजको सुनुवाइमा नेकपा प्रचण्ड(नेपाल पक्षका नेता देव गुरुङ पनि पूर्ण बृहत इजलासको माग गर्दै सर्वोच्च पुगेका छन् । यसअघिको सुनुवाईमा रिट निवेदक वकिलहरु मात्र सहभागी हुँदै आएका थिए। तर, सरकारी पक्षले भने मुद्दालाई बृहत् इजलासमा लैजान असहमत देखिएको छ । महान्यायाधीवक्ता अग्नि खरेलले मुद्दा संवैधानिक इजलासबाटै टुंगो लगाउनुपर्ने जिकिर गरेका छन् ।

संवैधानिक इजलासमा जारी सुनुवाइका क्रममा प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले सरकारी पक्षलाई बृहत् पूर्ण इजलास गठनबारे धारणा के हो भनेर सोध्दा महान्यायाधिक्ता खरेलले सहमति नभएको जवाफ दिएका थिए ।

अहिले संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धका निवेदन यही इजलासमै सुनुवाइ गर्ने कि बृहत् इजलासमा लैजाने भन्नेबारेमा बहस भैरहेको छ ।

संवैधानिक इजलासले रिट निवेदकहरुलाई बृहत् इजलासमा लैजानुपर्ने पक्षमा बहस गर्न १ घण्टाको समय दिएको छ ।

यसअघि बुधबार बिहान सर्वोच्चले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा इजलास गठन गरेको थियो । जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेको इजलास गठन गरेको छ।

मल्लबाहेक बाँकी सबै न्यायाधीश यसअघिको इजलासमा पनि सहभागी थिए । मल्ललाई न्यायाधीश हरिकृष्ण कार्कीको स्थानमा बुधबार इजलासमा लगिएको हो।

यसअघि गत बुधबारको सुनुवाइमा कानुन व्यवसायीहरूले न्यायाधीस हरिकृष्ण कार्कीमाथि नैतिक प्रश्न उठाएपछि उनले बाध्य भएर प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइमा नबस्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  १२ : ४८ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी