१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

लोकतन्त्रमा सबै समुदाय र वर्गका सम्मान स्थापित हुन्छ : मुख्यमन्त्री पोखरेल



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संविधानले सबै जाति, समुदायका उत्थान र विकासमा जोड दिएको बताएका छन ।

माघीपर्वको अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले लोकतन्त्रमा नै सबै समुदाय र वर्गका नागरिकको सम्मान स्थापित हुने भएकाले यही मान्यतालाई संवैधानिकरूपमा व्यवस्था गरेर लोकतान्त्रिक प्रणालीको जग बलियो र फराकिलो पारिएको उल्लेख गरे ।

उनले शुभकामना सन्देशमा सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघीपर्वले पारिवारिक मिलन, बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता बढाउँदै आएको छ भने ।

उनले मकर सङ्क्रान्ति तथा माघीपर्व विविधतायुक्त नेपाली समाजमा ठूलो पर्वको रूपमा मनाउने गरिएको उल्लेख गरेका छन् । माघीपर्वलाई थारू, मगर, छन्त्याल लगायत अन्य समुदायले निकै महत्वका साथ मनाउँदै आएकाले पर्वको निकै महत्व रहेको उनले बताएका छन् ।

सन्देशमा भनिएको छ “मुलुक संविधान कार्यान्वयनको महत्वपूर्ण दिशामा अघि बढिरहेको अवस्थामा संविधानको सफल कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यवहारिकरूपमा प्राप्त अधिकारको उपभोग गर्ने अवसर छ ।

संविधानको कार्यान्वयनको रूपमा अल्पसङ्ख्यक, आदिवासी, जनजाति र पछाडि पारिएका जाति तथा समुदायको उत्थानका लागि संवैधानिकरूपमै आयोग गठन गर्ने व्यवस्था गरेर सबैप्रति सम्मान व्यक्त भएको छ । ”

उनले सरकार सञ्चालनका लागि अनेक अप्ठ्यारा भएपछि बहुमतप्राप्त प्रधानमन्त्रीले ताजा जनादेशमा जाने निर्णय लिनु स्वाभाविक रहेको जनाउँदै लोकतन्त्रमा चुनाव अनिवार्य शर्त रहेको बताएका छन् ।

उनले प्रतिनिधिसभा विघटन भई मुलुक चुनावी अभियानमा अघि बढेकोले घोषित चुनावलाई सफल बनाउन मिलेर अघि बढ्न आह्वान समेत गरेका छन् ।

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  ९ : २६ बजे

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर

कोशीमा संकल्प प्रस्ताव पारित भएको पत्र प्रदेश प्रमुखलाई पठाइयो

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग प्रदेशसभामा बहुमत नरहेको