१७ माघ २०८२, शनिबार | January 31, 2026

देवघाटमा तीन लाख भक्तजनले स्नान गरे



तनहुँ । माघे सङ्क्रान्ति पर्वको अवसरमा तीन लाखभन्दा बढी भक्तजनले पवित्र धार्मिक तीर्थस्थल देवघाटस्थित त्रिशूली र कालीगण्डकीको सङ्गम वेणीमा स्नान गरेका छन् ।

स्नान गर्नका लागि भक्तजनहरु बुधबारदेखि नै देवघाटधाम पुगेका थिए । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरेनबाबु घिमिरेले यस वर्ष तीन लाखभन्दा बढी भक्तजनले सङ्गममा स्नान गरेको जानकारी दिए ।

कोभिडको जोखिमका कारण यस वर्ष क्षेत्र विकास समितिले औपचारिक कार्यक्रमको आयोजना गरेको थिएन । यद्यपि भक्तजनहरु स्वतःस्फूर्त देवघाटमा स्नान गर्न आएको कार्यकारी निर्देशक घिमिरेले बताए ।

देवघाट क्षेत्र विकास समितिले औपचारिकरूपमा मेलाको आयोजना नगरे पनि व्यवस्थितरूपमा स्नान गर्ने व्यवस्था भने मिला्एको थियो । उनका अनुसार विभिन्न उपसमितिहरु गठन गरी मेलालाई व्यवस्थित बनाइएको थियो ।

तनहुँको देवघाट गाउँपालिका-५ स्थित त्रिशूली नदी र कालीगण्डकी नदीको सङ्गम वेणीमा बुधबार बिहान बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । नदीमा स्नान गर्न र मेला भर्न आउनेहरुलाई वारपार गर्न त्रिशूली नदीमा २५ वटा ठूला डुङ्गाको व्यवस्था मिलाइएको थियो ।

नदीमा स्नान गर्ने भक्तजनको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल रेडक्रसका उद्धारकर्ता एवं स्थानीय बोटे समुदायलाई परिचालन गरिएको थियो । सशस्त्र प्रहरी र बोटेहरुले डुङ्गामार्फत नदीमा यात्रा गरेर स्नान गर्ने भक्तजनहरुको सुरक्षा गर्ने र दुर्घटना भएमा आपतकालीन उद्धारको तयारी गरेका थिए ।

हजारौँ सवारी साधनको ओहोरदोहोर हुने भएको हुँदा देवघाट जाने सवारी साधनलाई चितवनको रामनगर, ठिमुरा र दासढुङ्गाबाट जाने र फर्कँदा आँपटारी हुँदै आउने व्यवस्था मिलाइएको कार्यकारी निर्देशक घिमिरेले बताए ।

मुग्लिङ-नारायणगढ सडकखण्डको दासढुङ्गामा पक्की पुल निर्माण भइसकेको हुँदा अधिकांश भक्तजनहरु दासढुङ्गा हुँदै देवघाट गएका थिए ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ७ : ०७ बजे

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक

इक्यान रुपन्देहीद्वारा केन्द्रीय समितिको नव निर्वाचित नेतृत्व सम्मान

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले इक्यान केन्द्रीय

नेपाल पत्रकार महासंघ रुपन्देहीद्वारा खेलकुद पत्रकारिता र फोटो पत्रकारिता पुरस्कार स्थापना

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले पत्रकारिताको विविध विधामा

‘आलु बिक्री गर्न बजारको समस्या छैन’

रामेछाप । सुनकोशी गाँउपालिका-३ स्थित झाङङ्गाझोली, बोहोरेटार र गणेश स्थान