१० चैत्र २०८२, मंगलबार | March 24, 2026

प्रतिनिधिसभा विघटन मुद्दा : संवैधानिक इजलास कि बृहत पूर्ण इजलास ? सर्वोच्च अदालतमा बहस जारी



काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दालाई सर्वोच्च अदालतको बृहत पूर्ण इजलासमा सुनुवाइ गर्ने कि संवैधानिक इजलासमा सुनुवाइ गर्ने विषयमा बहस सुरु भएको छ ।

बुधबारको बहसलाई निरन्तरता दिँदै संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो । आज पनि सो मुद्दाको सुनुवाइ कहाँ गर्ने भन्ने क्षेत्राधिकारकै विषयमा बहस चलिरहेको छ ।

बुधबार रिट निवेदकहरुको तर्फबाट बहस गर्ने वकिलहरुले संविधान र कानूनको समेत व्याख्या गर्नुपर्ने मुद्दालाई संवैधानिक इजलासमा सीमित गर्न नहुने जिकिर गरेका थिए । उनीहरुले यसअघि पनि भएका प्रतिनिधिसभा विघटनका मुद्दामा सर्वोच्च अदालतले बृहत पूर्ण इजलास गठन गरेको हुँदा सो नजिरलाई बिर्सन नहुने तर्क गरेका थिए । तर, सरकारको तर्फबाट बहस गरेका महान्यायाधीवक्ता सहितका वकिलहरुले भने संवैधानिक इजलासबाटै मुद्दाको टुंगो लगाउनुपर्ने अडान राखेका थिए ।

बुधबार विपक्षी सरकारको तर्फबाट सुनुवाइ नसकिएको हुँदा हेर्दाहेर्दैमा आजसम्मका लागि स्थगित रहेको मुद्दामाथि सुनुवाइ सुरु भएको हो ।अहिले प्रधानमन्त्रीको तर्फबाट निजी वकिल वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले बहस गरिरहेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वमा रहेको संवैधानिक इजालास न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका छन्। बहस टुंगिएपछि संवैधानिक इलाजसबाटै अघि बढ्ने या बृहत पूर्ण इजलासमा लैजाने भन्ने निर्णय हुनेछ । त्यसपछि मात्र प्रतिनिधिसभा विघटनको मुल मुद्दामा प्रवेश हुनेछ ।

रिट निवेदक १३ मध्ये १२ जनाले सो मुद्दाको विषयमा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गर्दै पूरक निवेदन दिएका छन् । सरकारका तर्फबाट महान्यायाधिवक्ताले संविधानको व्याख्या गर्ने इजलास भएको हुँदा संंवैधानिक इजलासमै सुनुवाइ गर्नुपर्ने तर्क गरेका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गत पुष ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णय विरुद्ध १४ रिट निवेदन दर्ता भएका थिए ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  १२ : २८ बजे

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको

रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई