१ पुस २०८२, मंगलबार | December 16, 2025

एमिकस क्यूरी सदस्य भन्छन् : संवैधानिक इजलासमै न्यायाधीस थपौं; प्रधानन्यायाधीस भन्छन्, – हुँदैन



काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा अदालतलाई सहयोग गर्न गठित एमिकस क्यूरीका सदस्यले संवैधानिक इजलासमा न्यायाधीस थप गर्न सुझाव दिएका छन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा गर्ने कि बृहत पूर्ण इजलासमा गर्ने भन्ने विषयमा राय दिँदै क्यूरीका एक सदस्यले न्यायाधीस थपेर संवैधानिक इजलासबाटै मुद्दाको टुंगो लगाउन सुझाव दिएका हुन् ।

नेपाल बार एशोसिएसनको तर्फबाट पठाइएका वरिष्ठ अधिवक्ता बद्री कार्कीले संवैधानिक इजलासमा न्यायाधीशहरू थप्नुपर्ने बताए ।

त्यसपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालत संविधानको व्यवस्था बाहिर जान मिल्छ र ? भनि प्रश्न गरेका थिए । संविधानले नै संवैधानिक परिषदमा कति न्यायाधीस रहने भनेर तोकेका कारण त्यसलाई क्रस गर्न नसकिने प्रधानन्यायाधीस जबराको भनाइ थियो । एमिकस कार्कीले भने संवैधानिक इजलासमा न्यायाधीशको संख्या थप्दा संविधान बाहिर गएको नमानिने जिकिर गरेका थिए ।

संवैधानिक इजलास प्रधान्यान्यायाधीसको नेतृत्वमा पाँच सदस्यीय रहन्छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अध्यक्षताको नेतृत्वमा रहेको संवैधानिक इजलासमा अहिले न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, तेजबहादुर केसी र सपना प्रधान मल्ल रहेका छन् । न्

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलास कि बृहत पूर्ण इजलासबाट निरुपण गर्ने भन्ने विवाद कायमै छ ।

रिट निवेदकहरुले बृहत पूर्ण इजलासमा लैजानुपर्ने माग गरिरहेका छन् भने सरकारको पक्षबाट बहस गर्ने वकिलहरुले संवैधानिक इजलासबाटै टुंगो लगाउनुपर्ने अडान राखेका छन् ।

 

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ४ : ०४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज