१० चैत्र २०८२, मंगलबार | March 24, 2026

प्रतिनिधिसभा विघटनको मुद्दा बृहत पूर्ण इजलासमा लैजान संवैधानिक इजलासद्वारा अस्वीकार



काठमाडौं । प्रतिनिधिभा विघटन विरुद्धका रिटमाथि बृहत पूर्ण इजलास गठन गर्न माग भएपनि सर्वोच्च अदालतले त्यसलाई अस्वीकार गरेको छ ।

संवैधानिक इजलास कि बृहत पूर्ण इजलास गठन गर्ने भन्ने विषयमा पक्ष विपक्षको बहसपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक इजलासबाटै मुद्दाको टुंगो लगाउने निर्णय गरेको छ ।

प्रतिनिधिसभा विघटन विरुद्ध १३ जनाले सर्वोच्चमा रिट हालेका थिए । जसमध्ये १२ जनाले बृहत पूर्ण इजलासको माग गरेका थिए । तर, संवैधानिक इजलासले सो माग अस्वीकार गर्दै संवैधानिक इजलासमै छलफल अघि बढाउने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संंवैधानिक इजलासले सो आदेश दिएको हो ।“प्रस्तुत रिट निवेदनमा नेपालको संविधानको धारा १३७(३)बमोजिम गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएकाले निवेदकको मागबमोजिम गर्नु परेन, कानूनबमोजिम गर्नू”, आदेशमा भनिएको छ ।

‘हेर्दाहेर्दैमा’ राखिएको सो मुद्दाको आगामी सुनुवाइ यही माघ ४ गतेका लागि तोकिएको छ ।

रिट निवेदकका तर्फबाट बहस गर्दै वकिलहरुले यसअघिको नजिरलाई समेत ख्याल गर्दै बृहत पूर्ण इजलास गठन गर्नुपर्ने माग गरेका थिए । तर, सरकारी पक्षका वकिलहरुले भने संवैधानिक इजलासबाटै टुंगो लगाउनुपर्ने जिकिर गरेका थिए ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ५ : २४ बजे

बर्दियाको गणेशपुरमा प्रहरी र स्थानीयबीच झडप, कम्तीमा १० सुरक्षाकर्मी घाइते

बर्दिया । नेपालगन्ज-गुलरिया सडक खण्डको बर्दियाको गणेशपुरमा स्थानीयबासी र प्रहरीबीच

विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर

भक्तपुर। ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र उद्घाटन

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. ५ ढोडहवामा ‘सरसफाइ

दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्

चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत

कोटिहवामा भएको सवारी दुर्घटनाबाट बुटवल पुरानो बसपार्कका २१ वर्षिय युवाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा