२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

संविधानको उल्लंघन गर्ने ब्यक्ति प्रधानमन्त्री हुन सक्दैनन : नेता भुसाल



बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड(नेपाल पक्षका नेता घनश्याम भुसालले संविधानको उल्लंघन भएको हुदा प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री पदमा बस्न नमिल्ने बताएका छन् । नेकपा प्रचण्ड नेपाल पक्षको तिलोत्तमा नगर कमिटीले शनिबार मणिग्राममा आयोजना गरेको विस्तारित बैठक तथा भेलालाई सम्बोधन गर्दै नेता भुसालले संविधान उल्लंघन गर्ने व्यक्ति प्रधानमन्त्री पदमा नमिल्ने बताए ।

उनले संसद पुनःस्थापना भए पार्टी एकता जोगिने पनि बताउँदै संसद विघटनपछि नेकपा दुई भागमा बाँडिएकोमा संसद पुनःस्थापना हुँदा पार्टी एकीकृत हुने दाबी गरे । संसद पुनस्र्थापना पछि एक भएको नेकपाले प्रधानमन्त्रीले चालेको कदमको गम्भीर समीक्षा गर्ने उनको भनाइ छ ।

उनले संसद पुनःस्थापना हुन नदिने षड्यन्त्र विरुद्धको आन्दोलनलाई सफल बनाउन सबै न्यायप्रेमीहरु एकै ठाउँमा गोलबन्द हुनुपर्ने बताए । उनले देशका बुद्धिजीवी, संविधानविद्, कानुनविद् सबै संसद विघटनको विपक्षमा रहेकोले पनि प्रधानमन्त्रीको असंवैधानिक कदम सच्चिने जिकिर गरे । उनले भने
‘संविधानलाई ट्रयाकमा ल्याउन, संविधानलाई च्यातिन नदिन पनि संसद पुनःस्थापना हुनुपर्छ ।’

उनले भने, ‘प्रधानमन्त्री संविधान भत्काउने योजनामा हुनुहुन्छ । त्यसको फायर संसद विघटनबाट खोल्नुभएको छ । सबै कुरा आफ्नो नियन्त्रणमा राख्ने नपाएपछि प्रधानमन्त्रीले संसद विघटन गर्नुभएको हो ।’ पूर्वमन्त्री समेत रहेका नेता भुसालले ओलीले पार्टी कब्जा गर्ने, विधि—प्रक्रियाअनुसार नचलाउने, घोषणापत्र अनुसार सरकारका नीति तथा कार्यक्रम नल्याउने अनि आफैले काम गर्न नदिएको भन्दै पार्टीलाई दोष दिएको स्पष्ट पारे ।

नेकपा स्थायी समिति सदस्य रहेका नेता भुसालले भुसालले वैशाखमा चुनाव नहुने र पछि भैहाले पनि बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्ने प्रवृत्तिले मुलुकमा कहिल्यै स्थिरता नआउने ठोकुवा गरे । शान्ति, स्थिरता, विकासको लागि नेपाली जनताले नेकपालाई अभूतपूर्व अभिमत दिए पनि प्रधानमन्त्रीले त्यसलाई सम्मान गर्न नसकेको बताए।

पार्टीका अर्का नेता तथा सामाजिक विकास मन्त्री सिदर्शन वरालले समाजवाद उन्मुख देश बनाउन दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता भएकोमा त्यसतर्फ अघि बढ्न नचाहेकोले प्रधानमन्त्रीले अहंकारको धारा लगाएर संसद विघटन गरेको टिप्पणी गरे।

 

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ६ : ३३ बजे

कांग्रेस १५ औँ महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि बिहान ७ बजेदेखि मतदान हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला, नयाँ बसपार्कमा रातिदेखि नै लाइन

काठमाडौं । दसैँमा घर जाने यात्रुका लागि सरकारले आजदेखि अग्रिम

अख्तियारद्वारा नापी अधिकृत वलीविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ नापी कार्यालय, डिल्लीबजारअन्तर्गत

सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित

काठमाडौँ । सशस्त्र प्रहरी बलले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना,

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौँ । नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज