२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला, नयाँ बसपार्कमा रातिदेखि नै लाइन



काठमाडौं । दसैँमा घर जाने यात्रुका लागि सरकारले आजदेखि अग्रिम बस टिकट बुकिङ खुला गरेको छ । टिकट पाउने आशमा यात्रुहरू गएरातिदेखि नै काठमाडौंको नयाँ बसपार्कस्थित टिकट काउन्टर अगाडि लाइनमा बसेका थिए ।

यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, यातायात व्यवसायी तथा मजदुरबीच असोज २० गते मंगलबार विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।

केही जिल्लामा जाने यात्रु भने टिकट लिन बिहीबार रातिदेखि नै लाइनमा बसेका थिए । नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार सुदूरपश्चिमका विभिन्न जिल्लामा जाने यात्रु बिहीबार राति ९ बजेदेखि नै टिकट काउन्टर अगाडि लाइनमा बसेका थिए ।

दसैँका लागि अग्रिम टिकट बुकिङ गर्ने यात्रुको चापलाई ध्यानमा राख्दै लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्क क्षेत्रमा थप १५ वटा टिकट काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ । यात्रुको सहजताका लागि आवश्यक सुरक्षा प्रबन्धसमेत मिलाइएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ६ : १३ बजे

डोको बुन्दै, सीप सिकाउँदै

भोजपुर । भोजपुर नगरपालिका-५ का किसान कृतिमान विष्ट परम्परागत डोको

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर । महाकाली र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि

विपद् प्रभावित बेनी-जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

म्याग्दी । कोरलानाका जोड्ने बेनी-जोमसोम-कोरला सडक मर्मतको काम अन्तिम चरणमा

कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै

दमौली । अविरल वर्षाका कारण क्षतिग्रस्त तनहुँको घिरिङ र नवलपुरको

पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव, वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव