२० बैशाख २०८१, बिहिबार | May 2, 2024

प्रतिनिधिसभा विघटन मुद्दामाथि संवैधानिक इजलासमा आज पनि बहस



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामाथि आज पनि संवैधानिक इजलासमा बहस सुरु भएको छ ।

इजलास बसेसँगै रिट निवेदनका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले बहस गरेका छन् ।

मुद्दामाथि आइतबारबाट बहस सुरु भएको थियो । आइतबारको बहसमा वकिलहरु र इजालासबीच सवाल जवाफ समेत चलेको थियो । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले संविधानको धारा ७६ को उपधारा ७ बमोजिम प्रधानमन्त्रीले संसद विघटन गर्न किन पाउँदैनन भनेर बहसमा सहभागी वकिलहरुलाई बारम्बार प्रश्न गरिरहेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाई बहमुत नहुँदा सरकारले राम्रो काम गर्न नसकेको जिकिर गर्दै प्रतिनिधिसभा भंगका लागि राष्ट्रपतिलाई सिफारिस गरेका थिए ।

राष्ट्रपतिले तत्कालै सिफारिस सदर गर्दै आगामी बैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा गरेकी थिइन । त्यसविरुद्ध अदालतमा १३ वटा रिट परेका थिए । रिटमाथि आइतबारदेखि नियमित सुरुवाइ सुरु भएको हो ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  १२ : १५ बजे

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य