१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

अर्थमन्त्रीको प्रतिवद्धता : पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड– १९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् ।

पर्यटन र होटल व्यवसायका प्रतिनिधिहरुसहित अर्थ मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले कोरोना भाइरसको संक्रमणका कारण संकटमा परेको पर्यटन क्षेत्रलाई पुनः गतिमा फर्काउन सरकारले सहयोग गर्ने बताएका हुन् । पौडेलले सरकारले राहत, सहुलियत र प्रोत्साहनका कार्यक्रमहरु ल्याएको भन्दै प्रभावकारी कार्यान्वनयमा जोड दिने बताए ।

बजेट, मौद्रिक नीति लगायतमा उल्लेखित कार्यक्रमहरुको कार्यान्वयन प्रक्रियामा देखिएका समस्या समाधानका लागि अग्रसरता लिएर अघि बढ्ने भन्दै पौडेलले परिस्थितिलाई ध्यान दिइ अघि बढन् र कठिनाइ परे सहजीकरण र सहयोग गर्ने बताए ।

कोभिड–१९ को भ्याक्सिन आइसकेपछि स्थिति सहज हुने विश्वास गर्दै अर्थमन्त्री पौडेलले भने, –‘ पर्यटन र होटल क्षेत्रमा परेको अप्ठायाराप्रति संवेदनशिल छौं । तपाईँहरु अघि बढ्नुहोस्, सरकार साथमा छ।

पौडेलले पर्यटन व्यवसायको क्षेत्रमा विद्युत डिमाण्ड शुल्क छुटका लागि भएको मागका सम्बन्धमा थप छलफल गर्ने बताए ।

संस्कृति पर्यटन तथा नागरिक उउड्यान मन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखा परेका समस्या समाधानका लागि मन्त्रालयले सम्बन्धित क्षेत्रसँग छलफल गरेको जानकारी दिँदै कोभिड–१९ गर्दा सरकारलाई परेको अप्ठारालाई पनि निजी क्षेत्रले बुझिदिन आग्रह गरे ।

अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले नीतिहरुमा समस्या नभएको स्पष्ट पार्दै कार्यान्वनयका लागि थप पहल गर्ने बताए ।

पर्यटन तथा होटल व्यवसायीहरुले आफुहरुलाई परेका समस्या अवगत गराएका थिए । उनीहरुले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधिमा शोधभर्ना रकमको अवधि बढिमा दुई वर्षको हुने उल्लेख भएकोमा तीन वर्ष गर्न, चुक्ता गर्ने अवधि अधिकतम ४ वर्ष उल्लेख भएकोमा पाँच वर्षको व्यवस्था गर्न आग्रह गरे ।

यसैगरी विद्युत डिमाण्ड शुल्क छुटको व्यवस्था गरिदिन, व्यवसायमा विद्यमान कुनै ऋणका लागि व्यवस्था भैसकेको धितोको भ्यालुमा नै शत प्रतिशत सम्म हुने गरी ऋण प्रवाह गर्ने व्यवस्था मिलाउन पनि उनीहरुले आग्रह गरेका थिए ।

यस्तै व्यवसायीहरुले पुनर्कर्जामा प्रतिग्राहक कर्जा सीमा २० करोड रुपैयाँ रहेकोमा सो रकम भन्दामाथिको आवश्यकता देखिएमा सीमालाई बाध्यकारी नबनाउने व्यवस्था मिलाउने लगायतका माग गरेका थिए । उनीहरुले पुनर्कर्जा र व्यावसायिक निरन्तरता कर्जा प्रवाहमा समस्या रहेको बताएका थिए ।

बैठकमा नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सी एशोसियसन अफ नेपाल, होटल एशोसियसन अफ नेपाल, रेष्टुरेन्ट एशोसियसन लगायतका प्रतिनिधिहरुको सहभागिता थियो ।

 

 

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  २ : ५३ बजे

आजको मौसम : पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि