२४ असार २०८३, बुधबार | July 9, 2026

यो अवस्थामा कोरोना विरुद्धको खोप लगाउनु हुँदैन



बुटवल । कोरोना भाइरस विरुद्धको खोपको महा अभियान थालेको भारतको एक खोप र्मिाणकर्ता कम्पनीले निश्चित अवस्थाका मानीसहरुले कोरोना भाइरस विरुद्धको खोप नलगाउन सुचित गरेको छ । खोप निर्माण कर्ता भारत वायोटेकले एक सुचना जारी गर्दै नियमित औषधी सेवन गरिरहेका, गर्भवती, बच्चालाई दुध खुवाउँदै गरेका महिला, एलर्जीको दिर्घ रोगी तथा तोकीएको अवस्थामा खोप नलगाउन सर्वसाधारणलाई सुचना जारी गरेको छ ।

भारतमा ३ लाख ८१ हजार अग्रपङ्तीमा रहेका नागरिकमा खोप लगाउँदा ५८० जनामा साइड इफेक्ट देखिएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।

भारत वायोटेकले जारी गरेको सुचनामा दिर्घ रोगीका साथै अल्पकालमा ज्वरो आएको अवस्थामा, एलर्जी भएको अवस्थामा वा इम्युनिटीका लागि भिटामिन वा अन्य कुनै औषधी सेवन गरिरहेकाहरुलाई पनि कोरोना विरुद्धको खोप नलगाउन सचेत बनाएको छ ।

दुई चरणमा खोप लिनु पर्ने गरि सुरुभएको महा अभियानमा खोप लिएका नागरिकलाई कम्तीमा ३ महिना स्वास्थ्यकर्मीको निगरानी आवश्यक पर्ने भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा उत्पादीत कोरोना विरुद्धको खोप आजै बाट नेपाल सहित अन्य भारतसँग सिमा जोडीएका छिमेकी देशहरुलाई अनुदानमा पठाउने भारत सरकारले निर्णय गरिसकेको छ । भारत सरकारले भारतका दुई भ्याक्सिन निर्माणकर्ता कम्पनी सीरम इंस्टीट्यूटले उत्पादन गरेको कोविशील्ड र भारत बायोटेकले उत्पादन गरेको कोवैक्सीनलाई मात्र प्रयोगका लागि अनुमती प्रदान गरेको छ ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ९ : १३ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान आवश्यक छ : पूर्व उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

बुटवलको हैदराबादी बिरयानी विवाद : आपसी सहमतिमा टुंगियो

बुटवल । बुटवलको हैदराबादी बिरयानी हाउसका सञ्चालक जनक खड्काले कामदारको