२१ मंसिर २०८२, आइतबार | December 7, 2025

क्यान्सर अस्पताल खजुराको संकल्पकर्ता सन्त दीनदयालबाट अस्पतालको निरीक्षण



नेपालगन्ज । हिन्दु धार्मिक संस्कार अनुसार आध्यात्मिक विधिसहित उपचार सेवा दिने उद्देश्यले संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील कोईराला प्रखर क्यान्सर अस्पतालको अस्पतालका संकल्पकर्ता संत दीनदयालबाट अवलोकन निरीक्षण गरेका छन् ।

आध्यात्मक विधिसहित क्यान्सर पीडितहरुलाई उपचार सेवा दिने भन्दै अस्पतालको शिलान्यास भएपनि अस्पताल निर्माणका क्रममा समुदायबाट सरकारलाई हस्तान्तरण गरेपछि शिलान्यासका अवसरमा गरिएको प्रतिबद्धता अस्पताल संचालनमा आउँदा कायम हुन सकेको छैन ।

अस्पतालको प्रारम्भिक कार्य महायज्ञको माध्यमबाट संकलित रकमबाट गरिएको भएपनि अस्पताल संचालन गर्न ठूलो आर्थिक रकम आवश्यक पर्ने देखिएपछि समूदायबाट गठित समितिले अस्पताल नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

संघीय सरकारको स्वामित्वमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले अहिले क्यान्सर पीडितको लागि सेवा प्रारम्भ गरेको छ । हाल अस्पतालमा किमो थेरापी, अप्रेसन सेवा र ओपिडी सेवा संचालनमा रहेको छ ।

अस्पताल हस्तान्तरणका क्रममा अस्पताल संकल्पकर्ता संरक्षक रहेको प्रखर परोपकार मिसन नेपाल नामक संस्थाबाट ३ जना अस्पताल विकास समितिमा पदेन सदस्य रहने व्यवस्था भएपनि अस्पताल बनाउदा लिईएको उद्देश्यबाट भने अस्पताल विकास समिति पन्छिएको छ ।

दक्ष चिकित्सकबाट बिरामीको उपचारसँगै प्रत्यक वार्डमा मंगल धुन, गायत्री मन्त्र गुन्जाउने, बिरामीलाई हरेक दिन गुरु पुरोहितले स्वास्थ्य लाभको कामना सहित टिका लगाईदिने तथा बिरामीका कुरुवाहरुलाई अस्पतालको प्राङ्गनमा योग अभ्यास सहित प्रवचन हुने गरि अस्पताल संचालनको परिकल्पना गरिएको थियो ।

अस्पताल निरीक्षण गर्न पुगेका सन्त दीनदयालले अस्पताल बन्नु र सरकारले स्वामित्व लिनु खुसीको कुरा भएको बताए । उनले सरकारले नै संचालन गरेपनि अस्पताल शिलान्यास गर्दा लिईएको उद्देश्य प्राप्त गर्न सबै लाग्नु पर्ने औंल्याए ।

अस्पताल विकास समितिका अध्यक्ष भक्तबहादुर केसीले अस्पताल निर्माणको इतिहासलाई कायम गर्न आफ्नो प्रयास रहने प्रतिबद्धता ब्यक्त गरे ।

अस्पतालमा गुरु सन्त दिनदयाल जि महाराजलाई अस्पताल विकास समितिका अध्यक्ष भक्त बहादुर केसि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्ण आचार्य लगायतले फुलमाला र खादाबाट स्वागत गरेका थिए ।

अस्पताल संचालनसँगै अस्पतालको प्रारम्भ गर्ने प्रखर परोपकार मिसन नेपाललाई भने निश्क्रिय पारिएको छ । अस्पतालको जग्गा प्राप्ती देखि महायज्ञ र प्रारम्भिक निर्माण समेत गरेको मुल समितिलाई पुनर्जिवित बनाउन आवश्यक रहेको समितिको सचिव सतिस निरौलाले बताए । ‘निर्वाचन भएको ३ वर्ष बढी भयो, न त वार्षीक साधारण सभा भएको छ, न त नियमित बैठक बसेका छन् ।’ निरौलाले भने ।

समितिका अध्यक्ष किस्मत कुमार कक्षपति खजुरा गाँउपालिका अध्यक्षमा निर्वाचित भएपछि कार्यब्यस्तता भन्दै समितिको बैठक बस्न सकेको छैन ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ५ : ३३ बजे

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब

आजबाट आइसीपी नेपालगन्जमा मूल्यांकन डाटाबेस प्रणाली संचालन

नेपालगन्ज । आइसीपी नेपालगन्जमा आजबाट मूल्यांकन डाटाबेस प्रणाली संचालनमा ल्याइएको