१६ बैशाख २०८१, आइतबार | April 29, 2024

बिहिबार नेपाल आईपुग्ने कोरोनाविरुद्धको खोप १ साता भित्र लगाईसक्ने सरकारको तयारी



काठमाडौं । भारत सरकारले अनुदानकारुपमा बिहिबार पठाउन लागेको कोरोनाविरुद्धको १० लाख डोज खोप देशैभरका अस्पतालहरुबाट एकैपटक लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी गरेको छ।

मन्त्रालयले खोप आईपुगेको एक हप्ताभित्र देशैभर लगाईसक्ने तयारी गरेको दाबी गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार ७७ जिल्लामै एकैसाथ बिशेष कार्यक्रमका साथ खोप लगाउने अभियानको सुरुवात गरिने छ ।

कोरोना विरुद्धको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्तिहरु, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय निकायबाट खटाइएका सफाइकर्मीलाई लगाईने सह प्रवक्ता डा.अधिकारीले बताए ।

प्रदेशबाट जिल्ला र जिल्लाबाट प्राथमिक स्वास्थ्य केन्द्रहरुमा खोप वितरण गरिनेछ । हाल नियमित खोप सेवाका लागि देशभर १६ हजार खोप केन्द्र छन् भने खोप लगाइदिने दक्ष जनशक्ति ८ हजार छन् । कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालनका तयारीका लागि मङ्गलबारदेखि प्रशिक्षण कार्यक्रम पनि सुरु भएको छ ।

भारतले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने भनी बुधबार घोषणा गरेसँगै मन्त्रालयले खोप लगाउने तयारी सुरु गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले बिहीबार नै भारतले दिने १० लाख डोज खोप नेपाल आइपुग्ने जनाएका छन।

नेपालका २ करोड १६ लाख जनतालाई खोप लगाउने गरि सरकारले तयारी गरेको स्वास्थ्य मन्त्रालयले गठन गरेको खोप विज्ञ समूहका सदस्य डा. झलक शर्मा गौतमले जानकारी दिए । डा. गौतमका अनुसार खेर जाने समेत जोडेर नेपालका लागि करिब ५ करोड डोज खोप चाहिने आकँलन गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संकलन गरेको तथ्यांक अनुसार नेपालमा अग्रपंक्तिमा खटिएकाहरुको संख्या ९ लाख हाराहारीमा रहेको र त्यसका लागि दुई डोज लगाउन (खेर जाने मात्रा समेत जोडेर) २० लाख खोप आवश्यक पर्ने स्वास्थ्य मन्त्रालयले आकलन गरेको छ।

बिहिबार उपलब्ध हुने खोपले अपुग हुने बाँकीलाई किनेर पनि खोप लगाउने ब्यवस्था मिलाईने स्वास्थ्यमन्त्री त्रिपाठीले बताए।

सरकारले दोस्रो चरणमा ५५ वर्षमाथिका जेष्ठ नागरिक र र दीर्घ रोगीलाई खोप लगाउने तयारी गरिएको छ। उक्त समूहको संख्या नेपालमा ५१ लाख रहेको मन्त्रालयले जनाएको छ। यस्तै तेस्रो चरणमामा ४० देखि ५४ वर्षका २९ लाख र १५ देखि ३९ वर्षका बाँकी १ करोड २७ लाखलाई अन्तिम चरणमा खोप दिने योजना सरकारको छ।

नेपालमा उपलब्ध हुन लागेको खोपको प्रभावकारिता औसतमा ७० दशमलव ४ प्रतिशत रहेको पाइएको छ।

प्राविधिक समस्या नआएमा बिहीबार भारतबाट कार्गोमार्फत नेपाल आइपुग्ने खोप त्रिभुवन विमानस्थलको कार्गो भवनमा रहेको कोल्ड स्टोरमा राखिनेछ। त्यहाँबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याई त्यहीँबाट आवश्यकताअनुसार प्रदेश, जिल्ला तथा स्थानीय तहमा खोप पठाउने तयारी स्वास्थ्य सेवा विभागले गरेको छ। कोल्डचेनसहितको खोप भ्यानमार्फत स्थानीय तहमा खोप पुर्‍याउने विभागको तयारी छ।

मन्त्रालयका अनुसार उपत्यकासहित, विराटनगर, पथलैया, हेटौँडा, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत र धनगढीमा कोल्डस्टोरहरु तयारी अवस्थामा राखिएको छ। तिनै कोल्डस्टोरमा पुगेका खोप अस्पतालहरुमार्फत लगाइनेछ।

खोप लगाउनका लागि स्वास्थ्यकर्मीलाई आवश्यक पूर्वअभ्यास गराइसकिएको र आवश्यकता अनुसार थप अभ्यास गराइने सहप्रवक्ता अधिकारीले बताए।

स्वास्थ्य मन्त्रालयले खोप लगाएको आधा घण्टासम्म व्यक्तिलाई अस्पतालमै अवलोकनमा राखिने जनाएको छ। अवलोकनमा राखिएको व्यक्तिमा कुनै ‘साइड इफेक्ट’ देखिए त्यसको उपचार सरकारले गर्ने भएको छ।

भारतमा ४ लाख नागरिकमा खोप लगाउंदा ५०० जनामा साइड इफेक्ट देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ९ : ४५ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क