६ श्रावण २०८३, बुधबार | July 22, 2026

अमेरिकाको ४६ औं राष्ट्रपतिको रूपमा जो बाइडनद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण



अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बायडनले सपथ ग्रहण गरेका छन् ।

राजधानी वासिङ्गटन डिसीस्थित अमेरिकी संसद भवन क्यापिटोल हिलमा आयोजित भव्य समारोहमा बाइडेनले ४६औं राष्ट्रपतिको रूपमा सपथ लिएका हुन् ।

बाइडेनले अमेरिकाका प्रधानन्यायाधीस जोन रोवर्ट समक्ष बाइवलमा हात राखेर सपथ दिएका छन् ।

बाइडेनसँगै उपराष्ट्रपति कमला ह्यारिसले पनि सपथ ग्रहण गरेकी छिन् । कमला अमेरिकी इतिहासमा यतिधेरै माथिल्लो पदमा पुग्ने पहिलो महिला हुन् ।

अमेरिकी समयअनुसार ११ बजेर २० मिनेटजाँदा सपथग्रहण समारोहको औपचारिक सुरूवात भएको थियो । बाइडेनले

बाइडेनको सपथ ग्रहण कार्यक्रममा अमेरिकाका सबै जीवित राष्ट्रपति, प्रथम महिला र उपराष्ट्रपति, सभामुख न्यान्सी पेलोसी लगायत विशिष्ठ अतिथिहरूको उपस्थिति रहेको थियो ।

तर, निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले  भने सपथग्रहण समारोहला बहिष्कार गरेका छन् । ट्रम्प सपथग्रहण अघि वासिङ्गटन डिसी छोडेर फ्लोरिडास्थित आफ्नो रिसोर्टमा गएका छन्  । यद्यपी, उपराष्ट्रपति माइक पेन्स भने उपस्थित भएका छन् ।

अमेरिकी इतिहासमा सन् १९६९ पछि कुनैपनि जाँदै गरेका राष्ट्रपतिले आउँदै गरेका राष्ट्रपतिको सपथग्रहण समारोहमा अनुपस्थित भएको यो ने पहिलो घटना हो ।

सपथ ग्रहण समारोहमा  हिंसा फैलिन नदिन उच्च सुरक्षा व्यवस्था मिलाइएको छ ।

ट्रम्पका समर्थकहरूले जनवरी ६ मा संसद भवनमा हिंसात्मक आक्रमण गरेपछि कडा सुरक्षा व्यवस्था मिलाइएको हो । यसका लागि २० हजार सुरक्षाकर्मी तैनाथ गरिएको छ भने क्यापिटोल हिल आसपासको क्षेत्रलाई छाउनीमा परिणत गरिएको छ  ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  १० : ३९ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क