७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

भारतले दिएको अनुदानको १० लाख डोज कोरोना खोप नेपाल आइपुग्यो



काठमाडौं । भारतले अनुदानमा दिएको कोरोना भाइरस विरुद्धको खोप नेपाल आइपुगेको छ ।

भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप एयर इन्डियाको विमानमार्फत नेपाल आइपुगेको हो । स्वास्थ्य मन्त्रालयल र भारतीय दूतावासले बुधबार मात्रै पत्रकार सम्मेलन गरी अनुदानको खोप बिहीबार आइपुग्ने जानकारी गराएका थिए ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सो खोप भारतले नेपाललाई हस्तान्तरण गरेको छ ।

टेकुस्थित राष्ट्रिय प्रयोगशालाको भण्डारण कक्षमा तीन चार दिन राखेर सातै प्रदेशमा वितरण गर्ने योजना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप वितरणको जिम्मा स्वास्थ्य सेवा विभागले लिएको छ ।

भारतले दिएको खोप फ्रन्टलाईनमा खटिएका ४ लाख मानिसलाई लगाउने सरकारको तयारी छ।  फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालकहरूले पहिलो चरणमा सो खोप लगाउने छन् । दुई डोज लगाउनुपर्ने सो खोप २१ दिनको फरकमा लगाइने मन्त्रालयले जनाएको छ ।

भारतले खोप कुटनीतिअन्तर्गत आफ्ना छिमेकीलाई अनुदानमा खोप वितरण गरेको छ । मालदिभ्स, बंगलादेश, नेपाल र भुटानले अनुदानमा खोप प्राप्त गरेका छन् ।

 

 

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  १२ : १८ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल