२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

पोखराको औद्योगिक विकासमा निजी क्षेत्रको समान धारणा



पोखरा । पोखराको औद्योगिक विकासमा निजी क्षेत्रको समान धारणा हुनुपर्नेमा बिहीबार यहाँ आयोजित एक कार्यक्रममा जोड दिइएको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घको नवनिर्वाचित कार्यसमितिको सम्मानार्थ पोखरा औद्योगिक क्षेत्र उद्योग सङ्घ तथा पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन सङ्घ कास्कीद्वारा आयोजित स्वागत कार्यक्रममा वक्ताहरूले समान धारणाका साथ अघि बढ्दा अपेक्षित सफलता हासिल हुने बताए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कोइरालाले औद्योगिक, कृषि र आवास क्षेत्रको वर्गीकरणमा सरकार चुक्दा विभिन्न समस्या आउने गरेको बताए । हिजो औद्योगिक क्षेत्र खाली क्षेत्रमा बनाइएको तथ्य पेश गर्दै उनले उद्योगले रोजगारी दिँदा नै ती क्षेत्रमा बस्ती बढेको उल्लेख गरे ।

औद्योगिक क्षेत्रले पोखराको विकासमा दिएको योगदान महत्वपूर्ण रहेको चर्चा गर्दै कोइरालाले पोखराको कोत्रेमा प्रस्तावित नयाँ औद्योगिक क्षेत्र स्थापनार्थ सङ्घले सरोकारवाला निकायसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन समितिका प्रमुख भूषणप्रसाद उपाध्यायले पोखरा औद्योगिक क्षेत्रबाट प्रदूषण भयो भन्ने गुनासो नाजायज भएको बताउँदै उद्योगले प्रदूषण नियन्त्रणमा सक्दो योगदान दिएको धारणा राखे ।

पोखरा उद्योग वाणिज्य सङ्घका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले उद्योग र वाणिज्य क्षेत्रको विकाससँगसँगै हुनुपर्नेमा जोड दिए । पोखरा औद्योगिक क्षेत्र उद्योग सङ्घका सल्लाहकार चन्द्रराज राजभण्डारी, सल्लाहकार तथा सीएनआइका अध्यक्ष विनोद न्यौपाने, पोखरा औद्योगिक क्षेत्र उद्योग सङ्घका अध्यक्ष सुरेशबहादुर श्रेष्ठ, सङ्घका सचिव सुरेन्द्रबहादुर गोदारलगायतले सहकार्यमा नै बल हुने बताउँदै निजी क्षेत्रको आवाज सधैँ एक हुनुपर्नेमा जोड दिए । रासस

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ७ : ५८ बजे

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर । मध्यपुरथिमि नगरपालिका-४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र