२३ बैशाख २०८१, आइतबार | May 6, 2024

ठूलो जनआन्दोलन बिना ओलीको प्रतिगमनकारी कदम सच्चिने सम्भावना छैन : डा. बाबुराम भट्टराई



काठमाडौं । संघीय समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीको संसद विघटन देशीविदेशी शक्तिहरुको सेटिङबाट भएकाले त्यसलाई परास्त गर्न जनताको ठूलो आन्दोलन आवश्यक रहेको बताएका छन् ।

बुटवलमा आज बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले देश भित्र र देश बाहिर सेटिङ मिलाएर मात्र ओलीले संसद विघटन गरेको दाबी गरेका हुन् । जनताको ठूलो आन्दोलन बिना प्रधानमन्त्रीको संसद विघटनको प्रतिगमन सच्चिने संभावना नरहेको डा. भट्टराईको भनाई छ ।

डा. भट्टराईले ओलीले अकस्मात संसद विघटन नगरेको जिकिर गर्दै ओली प्रधानमन्त्री भएकै दिनबाट उनले राज्यसंयन्त्र कब्जा गर्न सेटिङ मिलाउन सुरु गरेको आरोप लगाए । जनताको ठुलो उपस्थितीमा तेस्रो जन आन्दोलनको आवश्यकता रहेको औंल्याउँदै पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले जनताको शक्तिका अगाडी कुनै पनि सेटिङ पराजित हुने दाबी गरे ।

उनले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार संविधानले दिंदै नदिएको उल्लेख गर्दै संविधान निर्माण गर्दा जनताले निर्वाचित प्रतिनिधिसभा नै सर्वेसर्वा हुनु पर्ने गरि संविधान निर्माण भएको बताए । संविधानले कार्यपालिका, न्यायपालिका सहित राज्यका सबै अंग प्रतिनिधिसभा अन्तर्गत हुने गरि संविधानमा धारा ७६को निर्माण भएको जानकारी दिए ।

संविधान निर्माणमा छलफलका बेला संसद कहिल्यै भङ्ग नहुने प्रावधानमा सहमती भएपनि संविधान लेखनमा छुटाईएको भट्टराईको दाबी छ । संसद खालि भएकै बेला अस्थिरताका लागि चलखेल हुनेगरेको निश्कर्ष निकाल्दै संसद मर्दै नमर्ने गरि व्यावस्था मिलाउने बिषयमा तत्कालिन संविधान सभामा सहमती भएको स्मरण गरे ।

अदालतका बारेमा आफुले टिप्पणी गर्न नचाहेको बताउंदै नेता भट्टराईले अदालतमा पनि सेटिङ छ भन्ने विषय जनतामा आईसकेको स्पष्ट पारे । उनले भने – ‘राज्यले अदालतलाई धम्कि दिईरहेको अवस्था छ, जनताले अदालतलाई सुरक्षाको प्रत्याभुत नगराईदिए सम्म सहि फैसला आउन सक्ने सम्भाना छैन । अदालतले निर्धक्कसंग फैसला गर्छ किी गर्दैन त्यो भने हेर्न बाँकी छ ।’

उनले निर्वाचन गर्नका लागि संसद भङ्ग नगरिएको बताउँदै संसद नभएको बेला निर्वाचन हुन नसके मुलुक स्वाभाविकरुपमा निरंकुशता तर्फ अगाडी बढ्ने दाबी गरे । तेस्रो जन आन्दोलनमा सबै दलहरु एक हुन आवश्यक रहेको उनको भनाई छ ।

‘चुनाव गर्न होइन, व्यवस्था भत्काउने र निरंकुश शासक बन्न चुनाव घोषणा गरिएको हो,’ भट्टराईले भने, ‘ओलीको माइन्ड सेट नै गलत आचरण र चरम महत्वाकांक्षाको छ ।’

संसद पुनःस्थापना नगरी हुने चुनावबाट कसैको बहुमत नआउने र मुलुक संवैधानिकरुपमा सधैंका लागि अस्थिरतामा फस्ने भट्टराईले औंल्याए ।

पत्रकारको एक प्रश्नको जवाफ दिंदै जनताले गरेको आन्दोलनमा राज्य हिंसामा उत्रिए जनताले प्रतिहिंसामा उत्रने स्वाभाविक हुने भट्टराईको भनाई छ । उनले संयुक्त जन आन्दोलनका लागि नेकपा भित्रको अन्यौलता र कांग्रेसको अलमल जिम्मेवार रहेको स्पष्ट पारे ।

 

 

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ११ : ५५ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa