१८ आश्विन २०८३, आइतबार | October 4, 2026

राजनीतिक दलहरूले साझा राष्ट्रिय विकास योजना तयार गर्नुपर्छ : बाबुराम भट्टराई



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्पष्ट विकास रणनीति, दूरदृष्टि र कार्ययोजनाको अभावमा नेपालले अपेक्षित आर्थिक तथा सामाजिक विकास हासिल गर्न नसकेको बताएका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौंको खुलामञ्चमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले राजनीतिक परिवर्तन भए पनि मुलुकको विकास र सुशासनका क्षेत्रमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताए ।

उनले नेपालभन्दा पछि विकासको यात्रामा अघि बढेका मलेसिया, दक्षिण कोरिया, सिंगापुर र चीनजस्ता देशहरू छोटो समयमै आर्थिक तथा औद्योगिक विकासमा निकै अगाडि पुगिसकेको उदाहरण दिए । ती देशहरूले स्पष्ट योजना र रणनीतिका साथ कृषि अर्थतन्त्रलाई औद्योगिक तथा सेवा क्षेत्रमा रूपान्तरण गर्दै आर्थिक समृद्धि हासिल गरेको उनको भनाइ थियो ।

‘हाम्रो अर्थतन्त्र विगत ६० वर्षदेखि एक वर्ष पनि दुई अंक ९१० प्रतिशतभन्दा माथि० ले बढेको छैन । जबकि सिंगापुर, कोरिया र चीनलगायतका देशहरूले दुईदेखि तीन वर्षसम्म निरन्तर दुई अंकको आर्थिक वृद्धि गरेर कृषि अर्थतन्त्रलाई औद्योगिक अर्थतन्त्रमा लगेका हुन्,’ उनले भने ।

भट्टराईले नेपालमा रोजगारीका पर्याप्त अवसर सिर्जना हुन नसक्दा ठूलो संख्यामा युवा विदेशिन बाध्य भएको बताए । उनका अनुसार करिब ५० लाख युवा श्रमको खोजीमा विदेशिएका छन् भने ९० देखि ९५ प्रतिशत घरपरिवारका कोही न कोही सदस्य वैदेशिक रोजगारी वा अध्ययनका लागि विदेश पुगेका छन् ।

देशमा राजनीतिक परिवर्तन भए पनि विकास र समृद्धिका लागि आवश्यक स्पष्ट नीति, सुशासन तथा दीर्घकालीन रणनीति निर्माण हुन नसकेको उनको टिप्पणी थियो ।

उनले विकसित मुलुकहरूको अनुभवबाट सिक्दै आगामी २० वर्षभित्र नेपाललाई पनि विकासको नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित साझा राष्ट्रिय योजना बनाउनुपर्नेमा जोड दिए ।

‘अहिले पनि समय छ, सबैले सोच्नुस् । अरू देश कसरी विकास भए रु हाम्रै जीवनकालमा मलेसिया, कोरिया, सिंगापुर र चीनहरू ग्लोबल साउथबाट ग्लोबल नर्थसम्म पुगे भने हामी पनि आगामी २० वर्षभित्र त्यहाँ कसरी पुग्ने रु’ भट्टराईले प्रश्न गरे ।

उनले देश विकासका लागि राजनीतिक दलहरूले साझा राष्ट्रिय विकास योजना तयार गर्नुपर्ने र त्यसको कार्यान्वयन गर्ने विषयमा प्रतिस्पर्धा गर्नुपर्ने धारणा राखे । दलहरूबीच सत्ता र राजनीतिक स्वार्थका लागि मात्र प्रतिस्पर्धा नभई देशलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउने स्पष्ट योजना र त्यसको कार्यान्वयनमा प्रतिस्पर्धा हुनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ५ : ०१ बजे

गगन थापाले देशको नेतृत्व गर्ने बेला आयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

संविधान संशोधन संसद्को गणित मात्रै होइन, राष्ट्रिय अपनत्वको विषय बन्नुपर्छ : विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संविधान संशोधनको विषय

लोकतन्त्रको रक्षाका लागि कांग्रेससँग फेरि सहकार्य गर्छौं : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रको रक्षा र

राजनीतिक दलहरूले साझा राष्ट्रिय विकास योजना तयार गर्नुपर्छ : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्पष्ट विकास रणनीति, दूरदृष्टि

भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको इतिहास छः खड्गे

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले भारतीय राष्ट्रिय