१ पुस २०८२, मंगलबार | December 16, 2025

इजलासमा पेश गरे महान्यायाधिवक्ता खरेलले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचनाको राजपत्र



काठमाडौं । सरकारले रातारात प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना राजपत्रमा प्रकाशित गरेर सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेश गरेको छ ।

महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा विघटन सम्बन्धी सूचना प्रकाशन गरिएको राजपत्र शुक्रबार इजलाससमपक्ष पेश गरेका हुन् ।

बिहीबार अधिवक्ता ओमप्रकाश अर्याल र वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सरकारले राजपत्रमा सूचना प्रकाशित नगरेको विषय उठाएपछि इजलासभित्र सोधखोज गरेको थियो ।

राजपत्रको विषय उठेपछि चिया ब्रेकको समयमा इजलास छोडेका महान्यायाधिवक्ता खरेल त्यसपछिको बहसका क्रममा उपस्थितै भएका थिएनन् । राजपत्रमा सूचना प्रकाशित गर्नका लागि दौडधुप गरेका खरेलले रातारात सूचना प्रकाशित गराएर शुक्रबार आजको इजलाससमक्ष पेश गरेका हुन् ।

तर, महान्यायाधिवक्ता खरेलले राजपत्र बुझाएपछि न्यायाधीस अनिलकुमार सिन्हाले बिहीबार आफूले खोज्दा राजपत्र नभेटेको स्पष्ट पारेका छन् । न्यायाधीस सिन्हाले राजपत्रको कुरा उठेपछि आफुले पीएलाई खोज्न लगाएपनि अनालाइनमा समेत नभेटिएको बताए ।

अहिले मुद्दाको सुनुवाइ सुरु जारी छ । रिट निवेदकतर्फका कानुन व्यवसायी बहसमा छन् ।

 

 

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  १२ : ३१ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज