४ पुस २०८२, शुक्रबार | December 19, 2025

बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि कानून निर्माण



कञ्चनपुर । भीमदत्त नगरपालिकाले महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि कानून बनाएको छ । भीमदत्तको आठौँ नगरसभाबाट महाकाली बहुप्राविधिक शिक्षालय स्थापना तथा सञ्चालन विधेयक, २०७७ पारित गरिएको हो ।

भीमदत्तले महाकाली अस्पतालसित साझेदारीमा प्राविधिक शिक्षालय सञ्चालन गर्न लागेको हो । त्यसका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले अनुमति दिइसकेको छ ।

आठौँ नगरसभामा पुस २८ गते विधेयक पेश गरिएको थियो । शुक्रबार विधेयकमाथि दफावार छलफल भएर पारित गरिएको नगरपालिकाका प्रवक्ता हिमालबहादुर चन्दले बताए । “अब महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि चाहिने कानून नै बनेको छ, त्यसका आधारमा शिक्षालय स्थापना र सञ्चालन प्रक्रिया अघि बढ्छ”, उनले भने ।

नगरसभाबाट शिक्षालय सञ्चालनसहित अन्य विधेयक पनि पारित भएका छन् । भीमदत्त नगरपालिकाको सुशासन समिति गठन तथा सञ्चालन विधेयक-२०७७, लेखा समिति गठन तथा सञ्चालन नियमावली-२०७७, वन ऐन-२०७७ र विधायन समिति गठन तथा सञ्चालन विधेयक-२०७७ पारित गरिएको छ ।

यसैगरी नगरसभाबाट वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७६ पहिलो संशोधन गरिएको छ । नगर प्रवक्ता चन्दले नगरसभामा पेश गरिएका विषयगत समितिका प्रतिवेदन पनि पारित गरिएको बताए । भीमदत्तको पुससम्मको प्रगति प्रतिवेदनसमेत पारित पारित गरिएको छ ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ८ : ५७ बजे

भैरहवाको मौसम प्रतिकूल भएपछि भरतपुर हुँदै रुपन्देही जाँदै रवि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवाको मौसम

मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी

बुटवल । नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष तथा सदस्य पदका लागि

जेनजी अगुवा पुरुषोत्तम यादव रास्वपामा आबद्ध

काठमाडौं । ‘जेनजी’ अभियानका अगुवा पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टी

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता