२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

प्रधानमन्त्री ओली र उनका सहयोगीहरुसँग अलग्गै संविधान छ : वरिष्ठ अधिवक्ता थापा



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा आज पनि बहस भैरहेको छ ।

बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै अर्कै संविधान रहेको जिकिर गरेका छन् ।

थापाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको सिफारिस र त्यसलाई सदर गर्ने राष्ट्रपतिको निर्णय संविधान विपरित भएको दाबी गरेका छन् । प्रधानमन्त्री र उनका सहयोगीसँग फरक संविधान रहेको भन्दै वरिष्ठ अधिवक्ता थापाले सुवास नेम्वाङ, महान्यायाधिवक्ता अग्नि खरेललाई कटाक्ष समेत गरे ।

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ, विघटित प्रतिनिधिसभा सदस्यहरू कृष्णभक्त पोखरेल, रामकुमारी झाँक्री र शशी श्रेष्ठको तर्फबाट बहस गर्दै थापाले संविधान निर्माणका क्रममा एउटा कुरा भन्ने र पछि आएर संविधानमाथि प्रहार गर्नु ठीक नभएको जिकिर गरे ।

थापाले भने, ‘प्रधानमन्त्रीसँग अर्को संविधान छ । संविधानसभा, अध्यक्षसँग अर्को संविधान छ भनेदेखि अर्को कुरा हो । नभए जुन संविधान प्रचलित छ भने त्यो त जस्तो लेखियो त्यस्तै हो ।’

वरिष्ठ अधिवक्ता थापाले संविधानमा भएको कुराको व्याख्या गर्नका लागि संवैधानिक इजलास बसेको भन्दै त्यसले सबैको विश्वास जित्ने व्याख्या गर्नुपर्ने जिकिर गरे । उनले भने, ‘श्रीमानहरूको जो व्याख्या हुन्छ त्यो नै फाइनल हुने हो । विश्वास आफ्नो हो । आत्माको विश्वासको अगाडि व्याख्या होस् भन्ने हो ।’

त्यसअघि प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले थापालाई रोक्दै कति समय लिन लागेको भन्दै प्रश्न गरेका थिए । जबराले संविधानले गरेको व्यवस्था एउटै भएकाले धेरै व्याख्या गरिरहन आवश्यक नभएको धारणा राखेका थिए ।

 

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  २ : १४ बजे

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन