७ चैत्र २०८२, शनिबार | March 21, 2026

नेकपा प्रचण्ड-नेपाल पक्षको रुपन्देहीमा छुट्टै प्रचार समिति गठन, संगठन अलग अलग, पार्टी कार्यालय भने एउटै



बुटवल । बुटवल । निर्वाचन आयोगले नेकपाको अलग अलग अस्तित्वलाई स्किवार नगरेपनि नेकपा ओली र प्रचण्ड-नेपाल पक्षले दशैभर आ-आफ्नो संगठन निर्माण गरिरहेका छन् । पार्टी संगठन सहित जनबर्गीय संगठन पनि देशका सबै जिल्लाहरुमा छुट्टाछुट्टै बनाउने क्रमलाई दुबै पक्षले तिब्र पारेका छन् ।

यसैक्रममा नेकपाको प्रचण्ड-नेपाल पक्षले रुपन्देहीका अग्रज पत्रकार सिद्धिचरण भट्टराईको संयोजकत्वमा रुपन्देहीमा ५१ सदस्यिय जिल्लास्तरिय प्रचार समिति गठन गरेको छ ।

समितिको सहसंयोजकमा प्रेस संगठन नेपालका पुर्व अध्यक्ष भुवन कार्कि र सचिबमा गुनाराम घिमिरे चयन भएका छन् ।

यसैगरि सचिवालय सदस्यहरुमा पत्रकार महासंघ रुपन्देही शाखाका अध्यक्ष यानेन्द्र जिसि, सह-सचिव कमल रायमाझि, रुद्रहरि कुवर, विपि गौतम, ओम पंगेनि, नरेश केसी, दिवाकर पन्थि र सरु राना चयन भएका छन् ।

यसैगरि जिल्लाको सबै निर्वाचन क्षेत्रमा अलग प्रचार समिति पनि गठन गरिएको छ । क्षेत्र नम्वर १ मा टंक सुनार संयोजक तथा पशुपति यादब र दिपक न्यौपाने सहसंयोजक रहेको ७ सदस्यिय प्रचार समिति गठन भएको छ । क्षेत्र नम्बर २ मा मोहन न्यौपाने सहसंयोजकत्वमा ७ सदस्यिय प्रचार समिति, क्षेत्र नम्बर ३ मा शंकर प्रसाद पान्डे संयोजक तथा माधब न्यौपाने र रबिन्द्र गुप्ता सहसंयोजक रहेको ११ सदस्यिय समिति गठन भएको छ ।

यसैगरि क्षेत्र नम्बर ४ मा राजकुमार धवल संयोजक र अस्लम खान सहसंयोजक तथा क्षेत्र नम्वर ५ मा बिन्दुकुमार चौहान संयोजक रहनेगरि प्रचार समिति गठन गरेको प्रचार प्रसार समितिको सचिव गुनाराम घिमिरेले बताए ।

यसैबिच प्रचार समितिको आयोजनामा माघ १३ गते रुपन्देहीका सबै मिडियाका सम्पादक, लेखक तथा अग्रज पत्रकारहरुबिच संसद पुनरस्थापनाको बिषयमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय भएको छ ।

रुपन्देहीमा पार्टी तथा जनवर्गिय संगठन अलग अलग गठन गरिएपनि दुबै पार्टीका कार्यक्रमहरु भने एउटै कार्यालमा चलिरहेको छ । पुष्पलाल भवन सुख्खानगरमा रहेको पार्टीको प्रदेश कार्यालयमा दुबै पक्षले आलोपालो गरेर कार्यक्रमहरु गरिरहेका छन् ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  १० : १५ बजे

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका