५ माघ २०८२, सोमबार | January 20, 2026

हिमाल आरोहण गर्दा सरकारलाई जानकारी गराए सरकारले सहयोग गर्छ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहण गर्न जाँदा सरकारलाई जानकारी गराए सहयोग गर्ने बताएका छन् ।

मंगलबार बिश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटू को किर्तिमानी आरोहण गरेर स्वदेश फिर्ता भएका निर्मल पूर्जा लगायतका दश नेपाली आरोहीलाई बधाई व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा सरकारलाई औपचारिक जानकारी गराएर हिमाल आरोहण गरेमा सरकारले गच्छे अनुसारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । ओलीले माउन्ट के टू को सफलतापूर्वक आरोहण गरेर देशको परिचय र गौरवलाई अझ माथि उठाएको बताए ।

प्रधानमन्त्री ओलीले आगामी दिनमा हिमालको आरोहण गर्ने आरोहीहरुलाई सरकारको तर्फबाट अवार्ड दिने पनि प्रतिवद्धता जनाए । अवार्डसहित सम्मान गर्ने व्यवस्था गर्ने उनको भनाइ छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले साहासिक युवाको साहसिक कदमको आगामी दिनमा राज्य बेखबर नहुने बताए । वर्तमान सँगै पछिल्लो पुस्तालाई संरक्षण गर्नमा राज्यको ध्यान जाने ढकालको भनाइ छ ।

माउन्ट के टू का आरोही निर्मल पूर्जाले सबै एकताबद्ध भई हिमाल आरोहण गर्दा केही गर्न सकिने रहेछ भन्ने शन्देश दिएको बताए । माउन्ट के टू आरोहण गरी नेपालको नाम विश्वसामु राखेको पूर्जाको भनाइ छ ।

१० जनाको समूहको नेपाली आरोहीले माघ ३ गते माउन्ट के टू हिमालको सफल आरोहण गरेको थियो । आरोही टोली मंगलबार बिहान स्वदेश फर्किएको हो । स्वदेश फर्किनेक्रममा आरोहीहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ५ : २७ बजे

नेपाली कांग्रेसले टुंग्यायो १४० निर्वाचन क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले १४० निर्वाचन क्षेत्रको उम्मेदवारल

बाँके ३ मा दलबहादुरको टिकट खोसियो, अव एमाले उम्मेदवार सुमन मल्ल

खजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच