१० असार २०८३, बुधबार | June 24, 2026

माधव नेपाल भेट्न अमेरिकी राजदुत बेरी कोटेश्वर पुगे



काठमाडौं । नेपालमा प्रतिनिधिसभा विघटनको विरुद्धको आन्दोलन चर्कंदै गएका बेला अमेरिकी राजदुत -यान्डी मेरीले दलका नेताहरुसँगको भेटघाटलाई तिब्र पारेका छन् । आईतबार देखि भेटघाटमा ब्यस्त भएका राजदुत आज बिहानै नेकपाको प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपाललाई भेटन् उनकै निवास कोटेश्वर पुगेका छन् ।

नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख विष्णु रिजालले राजदूत बेरी नेता नेपाललाई भेट्न कोटेश्वरस्थित नेता नेपालको निवासमा पुगेको पुष्टि गरे ।

बिहान ९ बजे देखि भेटवार्ता सुरु भएपनि भेटवार्ताको विषयवस्तु खुलिनसकेको रिजालले बताए ।

प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन चलिरहेका बेला अमेरिकी राजदूत बेरी आन्दोलनरत पक्षकै नेता भेट्न पुगेका हुन्।

उता अमेरिकामा पनि भर्खरै जो बाइडेनले राष्ट्रपति पद सम्हालेका छन् । नेपा स्थित अमेरिकी राजदुतावासले भने अमेरिकामा हालै निर्वाचित राष्ट्रपति बाइडेन प्रशासनको नयाँ नीतिका बिषयमा भेटघाट भैको जनाएको छ । नयाँ राष्ट्रपतीय प्रशासन आएपछिको उक्त प्रशासनको विश्वव्यापी प्राथमिकताहरूको बारेमा छलफल गर्न नेपाली सरकारी तथा राजनीतिक नेतृत्वहरूसँग भेटघाट भएको राजदुतावासले जनाएको छ । नेताहरुसँगको भेटका क्रममा राजदूत बेरीले लोकतन्त्रहरूको सबलीकरण, जलवायु परिवर्तन तथा महिला अनि बालिकाहरूको अधिकारको प्रवर्द्धन लगायत अमेरिकी सरकारका प्राथमिकताका प्रतिवद्धताहरू पुनः दोहोर्याईएको राजदुतावासले जनाएको छ ।

यसअघि अमेरिकी राजदूत बेरीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेका छन्।

 

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ११ : १३ बजे

सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था

नारायणगढ । भरतपुर अस्पतालको सिटी स्क्यान मेसिनमा समस्या आउँदा सेवा

रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो

रास्वपाको ९९ केन्द्रीय सदस्यका लागि ४ सयभन्दा बढीको उम्मेद्वारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ९९ सदस्यीय केन्द्रीय

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम ११ महिनामा रु २५

कूटनीतिमा महिला दिवस : विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौं । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा