१८ श्रावण २०८३, सोमबार | August 3, 2026

सम्पत्ति हत्याउन आफ्नै परिवारबाट छोराको हत्या, हत्यामा संलग्न ६ जना पक्राउ



भैरहवा । सम्पत्ति दिनुपर्ने भएपछि रुपन्देहीमा आफ्नै परिवारले छोराको हत्या गरेको खुलेको छ ।

रुपन्देहीको सियारी गाँउपालिका २ बेथरीमा बस्दै आएका राजेन्द्र प्रसाद यादवलाई आफ्नै परिवारका सदस्यहरुले हत्या गरेको अनुसन्धानबाट खुल्न आएको रुपन्देही प्रहरीले जनाएको छ ।

यादवको शव ०७७ माघ ६ गते रुपन्देहीको मायादेवी गाँउपालिका ७ गरगट्टीमा जलेर मृत अवस्थामा फेला परेको थियो ।

घटनाबारे जानकारी पाएपछि अनुसन्धान गर्दै जाँदा आफ्नै परिवारका सदस्यले योजनाबद्ध तरिकाले यादवको हत्या गरेको खुल्न आएको प्रहरीले बताएको छ ।

रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी प्रवीण पोखरेलका अनुसार ३४ वर्षीय यादवलाई सम्पत्ति दिनुपर्ने भएपछि २५ लाख रुपैया दिने सर्तमा आफ्नै कान्छो बुबा लगाएतका परिवारका सदस्यहरुको सहमतिमा हत्या गरेको खुल्न आएका हो ।

यादवलाई मदिरा खुवाउने निहुँमा मदिरामा सिलिपिङ ट्याव्लेट खुवाएर बेहोस गराएको र अन्त्यमा हत्या गरी आगो लगाएको प्रहरी प्रमुख पोखरेलको भनाइ छ ।

मृतक यादवका बुवा रामशुभग यादवको ३२ वर्ष अगाडि सर्पले टोकेर मृत्यु भएको तथा मृत्यु पश्चात आफ्नी आमाले कान्छो बुवा (काका) रामवेलास यादवसँग विवाह गरी बसेकी थिइन् । उनी १५ १६ वर्षको उमेरमा भारतको मुम्बईमा गएको र झण्डै १५ वर्ष त्यही बसेको प्रहरी जनाएको छ ।

यादवको नेपाल आएर अंश माग्न लागेपछि उनको हत्याको योजना बनेको थियो । ।उक्त कुरा थाहा पाएपछि मृतक यादव घरपरिवारबाट छुटेर डेरामा बस्दै आएका थिए ।

परिवारसँग अंश माग्दा सहजै अंश नपाएपछि उनले जिल्ला अदालत रुपन्देहीमा ०७६ मा अंश मुद्दा हालेका थिए । उनले हालेका मुद्धामा जिल्ला अदालतले तीन कित्ता वापत २९ कठ्ठा जग्गा पाउने गरी मिलापत्र गराएको थियो । उनले पाउने जग्गालाई कसै गरी नदिने योजना अनुसार परिवारकै सहमतिमा उनको योजनाबद्ध हत्या भएको प्रहरी निष्कर्ष छ ।

प्रहरीले घटनामा संलग्न भएका मृतक यादवका कान्छो बुबा रामवेलास यादव, मुख्य योजनाकार बुद्धिराम कोहार, मृतकका भाई बिरेन्द्र यादव, कवुल लिने सन्तकुमार यादव, सहयोगी राकेश यादव, अफताव मुसलवानलाई पक्राउ गरेको छ । घटनामा संलग्न मध्यस्तकर्ता लङ्गारे भन्ने इन्द्रजित यादव र मुख्य व्यक्ति सोनु मुराउ फरार रहेको प्रहरीको भनाइ छ ।

उनका कान्छो बुबाले उनलाई मार्नका लागि मान्छे मारेपश्चात पाउने गरी २५ लाख रकम वा १ कठ्ठा जग्गा दिने कबुल गरेको बुझिएको छ ।

यादवको हत्याका लागि बुद्धिराम कोहारले एकपटक बीस हजार र अर्को पटक ५० हजार राम वेलाससँग लिएको खुलेको छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ६ : ०५ बजे

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं

माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै

काठमाडौं ।  राजधानीको केन्द्र मानिने माइतीघर मण्डलाक्षेत्र सामान्य वर्षा हुँदा