७ चैत्र २०८२, शनिबार | March 21, 2026

नेकपा प्रचण्ड-नेपाल पक्षको बुटवलको विरोधसभाको तयारी पुरा, बिहिबार प्रचण्ड र नेपालले सम्बोधन गर्ने



बुटवल । नेकपाको प्रचण्ड-नेपाल पक्षले भोलि बिहिबार बुटवलमा आयोजना गर्ने विरोध सभाको तयारी पुरा भएको जनाएको छ । प्रचण्ड-नेपाल पक्षको रुपन्देही प्रचार समितिले आज साँझ एक विज्ञप्ति प्रकाशित गरेर विरोध कार्यक्रमको तयारी पुरा भएको जनाएको छ ।

सो पार्टीले विरोधसभालाई ब्यवस्थित बनाउन निर्देशिका पनि जारी गरेको छ । अध्यक्ष द्वय प्रचण्ड र माधव नेपालले सम्बोधन गर्ने विरोध सभालाई ब्यवस्थित गर्न बुटवलका बिभिन्न स्थानबाट प्रदर्शन हुने र प्रदर्शनको अगुवाई गर्ने नेताहरु समेत पार्टीले ताकेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिका अनुसार पाल्पा, गुल्मीबाट सहभागी हुने कार्यकर्ता समर्थकहरुको जुलुस बुटवलको गोलपार्कबाट सुरु हुने छ । गोलपार्कबाट हुने प्रदर्शनको अगुवाई केन्द्रीय सदस्य ठाकुर गैरे, बामदेव क्षेत्री, बसन्त घर्ती र पुरुषेत्तम घिमिरेले गर्ने छन् । अर्को प्रदर्शन परासी, देवदह, ओमसतिया, रोहिणी, तिलोत्तमा र भैरहवाबाट आउने समर्थकहरु बुटवल राजमार्ग चौराहाबाट निस्केने छन् । राजमार्ग चौराहाको जुलुसको नेतृत्व पार्टी स्थायी समिति सदस्य घनश्याम भुसाल, घनश्याम यादव र नारायण जीसीले गर्ने छन् ।

यसैगरि बुटवल पश्चिम कपिलवस्तु, अर्घाखाँची, दाङ र पश्चिम रुपन्देहीको प्रदर्शन जितगढी किल्लाबाट सुरु हुने छ । पश्चिम क्षेत्रको कमाण्ड स्थायी समिति सदस्य बलदेव खनाल, ओनसरी घर्ती र राजु गुरुङले गर्ने बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रदर्शनमा तोकीएको नारा मात्र लगाउन कार्यकर्ताहरुलाई निर्देशन दिईएको प्रचार प्रमुख सिद्धिचरण भट्टराईले बताए ।

बिज्ञप्तिमा असंवैधानिक र प्रतिगामी कदमका विरुद्ध हरेक वर्ग, तह र तप्काबाट प्रदर्शनमा सहभागी हुन आह्वान समेत गरिएको छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  १० : ०१ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा