१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

किन दुख्छ चिसोमा ढाड ? यसरी गर्नुहोस् उपचार



काठमाडौं । आजकल अधिकांश मानिसमा ढाड अर्थात कम्मरको दुखाइ छ । चिसो मौसममा त यस्तो समस्या झन धेरै हुन्छ । कम्मर, ढाड अर्थात् पिठ्यू जो शरीरको खम्बा हो त्यसले पूरै शरीरलाई सिधा रहन र दायाँबायाँ फर्कन सहयोग गर्छ ।

कम्मरमा हुने लचकताले नै शरीर बलियो र लचिलो हुने गर्दछ । तर अधिकाशं मानिस कम्मर दुखाईका कारण निकै असहज जीवनयापन गर्न बाध्य हुने गरेका छन ।

किन दुख्छ ?

यसरी कम्मर दुख्नुको मुख्य कारण भनेको मानिसको अब्यवस्थित जीवनशैली र खानपान नै हो । सामान्यतया कम्मरमा असर पर्ने काम गरेमा, धेरैबेर निहुरिएमा, अगाडि पछाडि धेरै झुकेमा, भारी सामान बोकेमा, गर्धन झुकाएर बसेमा र सुताई नमिलेमा पनि कम्मर दुख्ने गर्दछ ।

यसका अलावा एकैनासको बसाईमा सवारी चलाउँदा, मोटोपनाले नसा च्यापिदाँ, उचाई अनुसार तौल नमिल्दा कम्मर दुख्ने गर्दछ ।

यसरी दुख्ने कम्मर कसैको बीच भागमा त कसैको दायाँ भागमा दुख्ने हुन्छ । कम्मर दुख्दा खुट्टासम्म झमझम गर्ने र धेरै दुखेमा खुट्टाले टेक्न ग्राहो समेत हुन्छ ।

कसरी कम गर्ने ?

कम्मर दुःखाई हुन नदिन उचित आहार तथा जीवनशैली व्यवस्थित हुनुपर्छ । सकेसम्म दैनिक आधा घण्टा विश्राम गर्नुपर्छ । लामो समय काम गरे पछि केहिबेर आराम गर्नुपर्छ । असहज बसाईपछि हातगोडा तन्काउने तथा केहि बेर हिडडुल गर्नुपर्छ । यसो गर्नाले ढाड, पाता, गर्धन र कम्मरका नसा सिधा हुन्छन् ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ७ : १३ बजे

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले

चिनिया विज्ञले औंल्याए हिमपहिरो विनाशकारी हुनुका चार प्रमुख कारण

बेइजिङ । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने ग्यिरोङ काउन्टीमा

पलाञ्चोक भगवतीमा क्षमा पूजा

बनेपा । पलाञ्चोक भगवतीको मूर्तिमा आज क्षमा पूजा सम्पन्न गरिएको

Chinese President Xi extends condolences over mudslide disaster in Nepal

BEIJING : Chinese President Xi Jinping on Friday sent a