५ माघ २०८२, सोमबार | January 20, 2026

‘माउन्ट केटु’ आरोहण टीमलाई पाकिस्तानी दूतावासद्वारा सम्मान



काठमाडौं । विश्वकै दोस्रो अग्लो हिमाल ‘माउन्ट केटु’का सफल नेपाली आरोहीलाई पाकिस्तानी दूतावासले सम्मान गरेको छ ।

काठमाडौंस्थित पाकिस्तानी दूतावासले एक कार्यक्रमको आयोजना गरी आरोहीहरुको सम्मान गरेको हो ।

नेपाली आरोहीहरुले पाकिस्तानमा रहेको माउन्ट केटुको शितकालीन आरोहण सफलतापूर्वक सम्पन्न गरेका थिए । निर्मल पुर्जाको नेतृत्वमा रहेका १० जना नेपाली आरोहीले गत माघ ३ गते माउन्ट केटुको आरोहण सम्पन्न गरेर ऐतिहासिक कीर्तिमान कायम गरेका थिए ।

त्यसअवसरमा बोल्दै नेपालका लागि पाकिस्तानी राजदूत (नियुक्त) सौयद हैदर शाहले नेपाली पर्वतारोही टोलीको असाधारण सफलताको प्रशंसा गर्दै बधाई दिए । राजदूत शाहले इतिहासको स्मरण गर्दै भने, ‘विश्वको दोस्रो उच्च शिखर हिउँदे याममा आरोहणको प्रयासहरु यसअघि दुर्भाग्यवस असफलमा समाप्त भएका थिए । तर, नेपालका आदिवासी हिमालय पर्वतारोहीहरूको अनुकरणीय साहस, दृढता र टीम वर्कले नयाँ विश्व कीर्तिमान स्थापित गरेको छ ।’ यो सफलताले पाकिस्तान र नेपालबीचको मैत्री सम्बन्धलाई थप मजबुद बनाएको पनि उनले उल्लेख गरे ।

 

त्यसअवसरमा आरोहण दलका सदस्यहरुले पाकिस्तानको दूतावासलाई उनीहरू आराहणको समर्थन र सफलताको मान्यताका लागि लागि धन्यवाद दिए। उनीहरूले पाकिस्तानमा रहँदा पाकिस्तानी राष्ट्रपति, प्रधानमन्त्री, सेना प्रमुख र जनताको न्यानो एवं अविस्मरणीय स्वागतको सम्झना पनि गरेका थिए ।

त्यसक्रममा राजदूत शाहले आरोहण टोलीका लिडर निर्मल पूर्जा र मिङ्मा ग्यालजे शेर्पालाई स्मृति चिन्ह प्रदान गरेका थिए ।

स्वागत समारोहमा नेपाल पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मी, नेपाल पर्यटन उद्योगका अन्य प्रतिष्ठानहरू र वरिष्ठ अधिकारीहरू पनि स्वागत समारोहमा उपस्थित भएका थिए ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ११ : ५५ बजे

नेपाली कांग्रेसले टुंग्यायो १४० निर्वाचन क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले १४० निर्वाचन क्षेत्रको उम्मेदवारल

बाँके ३ मा दलबहादुरको टिकट खोसियो, अव एमाले उम्मेदवार सुमन मल्ल

खजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच