२८ बैशाख २०८३, सोमबार | May 12, 2026

‘माउन्ट केटु’ आरोहण टीमलाई पाकिस्तानी दूतावासद्वारा सम्मान



काठमाडौं । विश्वकै दोस्रो अग्लो हिमाल ‘माउन्ट केटु’का सफल नेपाली आरोहीलाई पाकिस्तानी दूतावासले सम्मान गरेको छ ।

काठमाडौंस्थित पाकिस्तानी दूतावासले एक कार्यक्रमको आयोजना गरी आरोहीहरुको सम्मान गरेको हो ।

नेपाली आरोहीहरुले पाकिस्तानमा रहेको माउन्ट केटुको शितकालीन आरोहण सफलतापूर्वक सम्पन्न गरेका थिए । निर्मल पुर्जाको नेतृत्वमा रहेका १० जना नेपाली आरोहीले गत माघ ३ गते माउन्ट केटुको आरोहण सम्पन्न गरेर ऐतिहासिक कीर्तिमान कायम गरेका थिए ।

त्यसअवसरमा बोल्दै नेपालका लागि पाकिस्तानी राजदूत (नियुक्त) सौयद हैदर शाहले नेपाली पर्वतारोही टोलीको असाधारण सफलताको प्रशंसा गर्दै बधाई दिए । राजदूत शाहले इतिहासको स्मरण गर्दै भने, ‘विश्वको दोस्रो उच्च शिखर हिउँदे याममा आरोहणको प्रयासहरु यसअघि दुर्भाग्यवस असफलमा समाप्त भएका थिए । तर, नेपालका आदिवासी हिमालय पर्वतारोहीहरूको अनुकरणीय साहस, दृढता र टीम वर्कले नयाँ विश्व कीर्तिमान स्थापित गरेको छ ।’ यो सफलताले पाकिस्तान र नेपालबीचको मैत्री सम्बन्धलाई थप मजबुद बनाएको पनि उनले उल्लेख गरे ।

 

त्यसअवसरमा आरोहण दलका सदस्यहरुले पाकिस्तानको दूतावासलाई उनीहरू आराहणको समर्थन र सफलताको मान्यताका लागि लागि धन्यवाद दिए। उनीहरूले पाकिस्तानमा रहँदा पाकिस्तानी राष्ट्रपति, प्रधानमन्त्री, सेना प्रमुख र जनताको न्यानो एवं अविस्मरणीय स्वागतको सम्झना पनि गरेका थिए ।

त्यसक्रममा राजदूत शाहले आरोहण टोलीका लिडर निर्मल पूर्जा र मिङ्मा ग्यालजे शेर्पालाई स्मृति चिन्ह प्रदान गरेका थिए ।

स्वागत समारोहमा नेपाल पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मी, नेपाल पर्यटन उद्योगका अन्य प्रतिष्ठानहरू र वरिष्ठ अधिकारीहरू पनि स्वागत समारोहमा उपस्थित भएका थिए ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ११ : ५५ बजे

एसईईको नतिजा : सबैभन्दा उच्च ३.६० देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थी संख्या ४८ हजार बढी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज साँझ अबेर सार्वजनिक गरेको

आयो एसईईको नतिजा, कसरी हेर्ने नतिजा ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को

नीति तथा कार्यक्रमबारे नेताहरूको मिश्रित प्रतिक्रिया

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाको धन्यवाद

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त

आइएमई खल्तीले ल्यायो सुपर वालेट सुविधा

काठमाडौ । आइएमई खल्ती लिमिटेड ९खल्ती० ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका