१५ बैशाख २०८१, शनिबार | April 27, 2024

रामको मुर्ति बनिसक्यो सीताको बन्दैछ : प्रधानमन्त्री ओली



चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनबाट निर्वाचित सांसदहरूले रामको जन्मभूमिमा राम मन्दिर किन बनाउन नसकेको भन्दै प्रश्न उठाएका छन् । गत पुस ५ गतेसम्म एउटै पार्टीमा रहेका चितवनका ३ जना सांसदहरूलाई राम मन्दिर किन बनेन भन्दै प्रधानमन्त्री ओलीले प्रश्न गरेका हुन् ।

शनिबार चितवनमा आयोजित जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (ओली) समूहका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले रामको जन्मभूमिमा आउने वर्ष राम मन्दिर बनाइने बताए ।

उनले रामको मूर्ति बनिसकेको, सिताको मुर्ति बन्दै गरेको उल्लेख गर्दै आगामी वर्ष मन्दिर निर्माण हुने जानकारी दिए ।

२०७४ को आम निर्वाचनमा चितवनबाट निर्वाचित तीनै जना सांसद प्रचण्ड-माधव पक्षमा रहेका छन् । चितवनबाट निर्वाचित सांसदहरु पुष्पकमल दाहाल प्रचण्ड, सुरेन्द्र पाण्डे र कृष्णभक्त पोखरेल सबै ओलीको कदमको विपक्षमा छन् ।

पार्टीको विवादबारे बोल्दै प्रधानमन्त्री ओलीले तीन जना पूर्व प्रधानमन्त्रीहरु प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाललाई कटाक्ष गर्दै ३ प्रधानमन्त्री लुखुर लुखर सडकमा हिँडिरहेको बताए ।

अर्को प्रसंगमा ओलीले नेकपा विभाजन नभएको र आफू नै आधिकारिक भएको बताए ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ५ : ४३ बजे

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै

सभापति देउवाद्वारा उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा धन्यवाद ज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम

इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो

इलाम । इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा