२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट : धनगढी र ओषिश विजयी



भैरहवा । रुपन्देहीको भैरहवामा जारी तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितमा आइतबार धनगढी क्रिकेट एकेडेमीले साई ग्लोबल एकेडेमीलाई ९२ रन र ओषिश क्रिकेट एकेडेमीले रुपन्देही ११ लाई ९ विकेटले पराजित गरेको छ ।

सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको धनगढीले निर्धारित २५ ओभमार ६ विकेट गुमाई २२१ रन बनायो । उसका लागि कप्तान नरेन भट्टले ५० बल खेल्दै ९९ रन बनाए । उनी सतक बनाउन १ रनले चुके । यस्तै, संदीप विष्टले ४५ बलमा ५८ रन बनाए । बलिङमा साई ग्लोबलका ताहिर खान र सैजाद आलमले समान २÷२ विकेट लिए ।

जवाफमा साई ग्लोबल २३ ओभरमा अलआउट हुँदै १२९ रन मात्रै बनायो । उसका लागि आषिस रोकाले ४१ र सचिन अर्यालले १६ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङमा धनगढीका रजत राना ३ र भुपेश जोशीले समान ३÷३ विकेट लिए । खेलमा नरेश भट्ट म्यान अफ द म्याच भए ।

यस्तै, दोस्रो टस जितेर ब्याटिङ गरेको रुपन्देहीले सबै विकेट गुमाई ४६ रन मात्रै बनायो । उसका लागि समिर अली खानले ११ रन बनाए पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् । बलिङमा ओषिसका सार्थक धितालले ४ तथा निश्चल श्रेष्ठले २ विकेट लिए । जवाफी ब्याटिङ गरेको ओषिसले ८.३ ओभरमा १ विकेट गुमाई ५० रन बनाउँदै लक्ष्य भेट्टायो । उसका लागि सम्राट भुसालले १९ रन बनाए । बलिङमा मनिष थापाले १ विकेट लिए ।

८ टीम सहभागी प्रतियोगितामा विजेता टिमले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । उपविजेताले १० हजार र ट्रफी प्राप्त गर्ने छ भने बेष्ट ब्याट्सम्यान, बलर, उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने छ । पूर्व राष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनको स्टार क्रिकेट एकेडेमी, पड्सरीको आयोजनामा प्रतियोगिता जारी छ ।

स्व.खड्गप्रसाद गौचन क्रिकेटर शक्ति गौचनका बुवा हुन् ।

 

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ८ : २३ बजे

राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन

यात्रुवाहक बसको ठक्करबाट प्रदेश कृषि मन्त्रालयका वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ । लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

नेपालगन्ज । जिल्लामा डेङ्गको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई सेवाबाट