१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

बडिमालिकामा हेलिकोप्टर टुरु सेवा सुरु



बाजुरा । बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकामा रहेको प्रसद्धि धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकमा हेलिकोप्टर टुर सेवा सुरु भएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको सुविधाको लागि हेलिकोप्टर सेवा सुरु गरिएको हो ।

खप्तड होम स्टेको सहयोगमा यो वर्ष दिपायल देखी बाजुराको बडिमालिका सम्म हेली टुरुको सुभारम्भ भएको खप्तड होम स्टेका संचालक दिपक खड्काले बताएका छन ।

आइतबार पहिलो उडानमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मी र बोर्डका सदस्य कृष्ण महराले उक्त हेली टुरको शुभारम्भ गरेको खप्तड होम स्टेका संचालक खड्काले जानकारी दिए ।

डोटीको दिपायलदेखि बडिमालिका सम्मको हेली टुर माघ २५ गते सम्म प्याकेज रहेको उनले बताएका छन ।

खप्तड बडिमालिका दर्शनका लागि नेपाल पर्यटन बोर्डका सीईओ रेग्मी , एनटिए केन्द्रका अध्यक्ष अच्युत गुरागाई र पर्यटन व्यवसायी कृष्णबहादुर महरा लगायत केही पर्यकहरुले खप्तड बडिमालिका दर्शन गरेको होटल तथा पर्यटन ब्यवसायी महासंघ सुदुरपश्चिम प्रदेश अध्यक्ष खड्काले बताए ।

सुदुरपश्चिमकै धरोहरको रुपमा रहेको बाजुराको बडिमालिका र खप्तडको पर्यटन प्रबद्धन गर्न माउन्टेन हेलिकप्टरको समन्वय तथा खप्तड होम स्टेको सहयोगमा सो प्याकेज ल्याएको उनको भनाइ छ ।

सुदुरपश्चिमका पर्यटन क्षेत्रको बिकाश र पर्यटन प्रबद्धन गर्न उनले हेली प्याकेजका साथै अन्य विकासका लागि केही गर्न सकिन्छ कि भनेर यस्तो सेवाको प्याकेज बनाएको खड्काले बताए ।

‘धर्तीको स्वर्ग बडिमालिका जाँउ, धार्मिक महिनामा पुण्य कमाउँ’ भन्ने मुल नाराका साथ हेलिकप्टरबाट दिपायल–बडिमालिका प्रतिव्यक्ति २७ हजार ५ सय रहेको छ । सो हेलिकोप्टरमा चार जना व्यक्ति अनिवार्य हुनुपर्ने नियम राखिएको छ ।

बडिमालीका सुदुरपश्चिमको एक धार्मीक तथा पर्यटकी क्षेत्रमा निकै महत्वपुर्ण देखिन्छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ९ : ४७ बजे

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई

आज १३७ औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

काठमाडौं । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ

आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण

काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा

आज २५७० औँ बुद्ध जयन्ती मनाइँदै

काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ

देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग