२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

ओलीको नयाँ रणनीति : जनयुद्धका कमाण्डर प्रचण्ड परपर, पुर्व लडाकु र विप्लव वर वर



काठमाडौं । राजनीतिमा जनयुद्ध र माओबादी आन्दोलनलाई लगातार अस्विकार गर्दै आएका प्रधानमन्त्री केपी ओलीले जनयुद्धकै नेतृत्व गरेका प्रचण्डसँग समझदारी दिगो बनाउन नसकेपछि जनयुद्धकै महत्वपूर्ण तप्कासँग सम्बन्ध बढाएर प्रचण्ड विरुद्ध प्रयोग गर्ने प्रयास थालेका छन् ।

ओलीले पहिलो प्रयास प्रचण्डसँग चोंईटिएका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणी थापा लगायतलाई खुसी पार्न मन्त्री पद दिए भने तिनै मार्फत दोस्र्रो प्रयास स्वरुप पूर्व लडाकुहरुलाई आफु निकट बनाउने रणनीति बनाए ।

ओलीले तेस्रो प्रयासका रुपमा विप्लव नेतृत्वको माओबादीसँग पनि सम्बन्ध सुधार गर्ने प्रयास थालेको छ । विप्लव माओबादीसँग सम्बन्ध सुधारका लागि ओलीले आज आफ्नै मन्त्रिपरिषदका सदस्य खानेपानी मन्त्री मणी थापालाई विप्लव माओबादीका नेता हेमन्त प्रकाश ओलीलाई भेट्न नख्खु जेलमा पठाएका छन् ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीसँग सरकारले वार्ताको वातावरण बनाउन खानेपानी मन्त्री थापालाई जेलमा रहेका विप्लवका नेता ओलीसँग भेट्न नख्खु जेल पठाएका हुन् ।

नख्खु जेलमा रहेका नेता हेमन्तप्रकाश ओलीलाई खानेपानीमन्त्री मणी थापाले मंगलबार बिहान भेटेको मन्त्री थापाले स्किारेका छन् । विप्लव समूहमा विप्लब पछिका नेता ओली मानीन्छन् ।

ओली र थापाका बीच भएको कुराकानीलाई भने गोप्य राखिएको छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  २ : १९ बजे

राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन

यात्रुवाहक बसको ठक्करबाट प्रदेश कृषि मन्त्रालयका वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ । लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

नेपालगन्ज । जिल्लामा डेङ्गको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई सेवाबाट