१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

तीनकुनेस्थित हरित सामुदायिक कृषि बजारमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा



काठमाडौं । डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले राजधानीको तीनकुनेस्थित हरित सामुदायिक कृषिबजारमा क्युआर कोड सेवा संचालनमा ल्याएको छ ।

बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसादअधिकारीले क्यूआर कोडमार्फत् भुक्तानी गरी उक्त सेवाको सुरुवात गरेका छन् ।

उक्त क्युआर कोड सेवा सुरु भएसँगै हरित कृषिबजारमा तरकारी तथाफलफूल किन्नको लागिजाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी खरिद गरेको तरकारी तथाफलफूल रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् ।

उक्तकार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गर्भनर अधिकारले कृषि बजारमा माछापुच्छ्रे बैंकले सुरु गरेको क्युआर कोड सेवाले भुक्तानी प्रणालीमा आधुनिकीकरणको सुरुवात गरेको बताए । अधिकारीले यस्तो प्रणालीले कारोबारले पारदर्शिता ल्याउने हुदाँ भविष्यमा आफ्नो व्यापार व्यवसायको वृद्धिको ऋण लिन व्यवसायीलाई समेत सहज हुने धारणा राखे । साथै गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारलाई अझ प्रभावकारी बनाउन थप कार्यक्रमहरु ल्याउने योजनामा रहेको समेत जानकारी दिए ।

उक्त कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका अध्यक्ष डा. विरेन्द्रप्रसाद महतोले तरकारी तथा फलफूल बजारमा सुरु गरिएको क्युआ
र कोड सेवाले डिजिटल कारोबारलाई हरेक तह र तप्कासम्म पुर्याउने माछापुच्छ्रे बैंकको अभियानमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी सोही कार्यक्रममा बोल्दै हरित कृषि सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कोमल बरालले माछापुच्छ्रे बैंकले सुरु गरेको क्युआर कोड सेवाले तरकारी तथा फलफूल व्यवसायी तथा उपभोक्तालाई डिजिटल बैंकिङ्गको पहुँच पुर्याउने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर अधिकारी ज्यूले तरकारी किनेर क्युआर कोडमार्फत उक्त तरकारीको रकम भुक्तानी गरी क्युआर कोड सेवाको शुभारम्भ गरेका थिए ।

सो बजारमा रहेका कुल १५३ तरकारी स्टलमध्ये १०० वटामा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा सुरु भइसकेको छ ।

 

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ४ : १९ बजे

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले