२२ भदौ २०८३, सोमबार | September 7, 2026

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार स्थापना र लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाट नै भएको बताएका छन् ।

एमालेको ‘राजधानी प्रदेश कमिटी’ ले ४८औँ पुष्पलाल श्रेष्ठ स्मृति दिवसका सन्दर्भमा आज आयोजना गरेको ‘संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणमा संविधान निर्माता मुख्य दलहरूको भूमिका र दायित्व’ विषयक कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान अवस्थामा नयाँ र पुराना दलका नाममा गरिने बहसले घरघरमा विवाद र विभाजन ल्याउने बताए ।

राजनीतिक दलहरूले समयानुकूल परिवर्तन हुने चेत बोक्ने भएकाले कठिन परिस्थितिमा पनि निरन्तर लड्न र उठ्न सक्ने अध्यक्ष ओलीको दाबी छ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले विगतमा जनताले जिम्मेवारी दिँदा पनि आफूहरूले सोचे जसरी काम गर्न नसकेको विषयमा आत्मसमीक्षा गर्नुपर्ने बताए । उनले अहिलेको अवस्थामा देशभक्त शक्ति, कम्युनिष्ट र वामपन्थीहरूबीच एकता र सहकार्य गर्न सकेमा पुष्पलालप्रति साँचो श्रद्धाञ्जली हुने बताए ।

नेपाली कांग्रेसका नेता एवं वरिष्ठ अभिवक्ता राधेश्याम अधिकारीले लोकतन्त्र र संविधानमाथि आउन सक्ने कुनै पनि चुनौतीको राजनीतिक दलहरू मिलेर सामना गर्नुको विकल्प नभएको बताए । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले विगतका कमजोरी र प्राप्तिको समीक्षा गर्दै लोकतन्त्र र संविधानको रक्षाका लागि राजनीतिक दलहरू नै अग्रमोर्चामा आउनुपर्ने बताए ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार  ४ : ५४ बजे

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको